बजार संकटको चुनौतीः उद्योग–वाणिज्य प्रभावित, उपभोक्ता राहतका लागि सहुलियत पसल अघि

देश हालैको विशेष परिस्थितिबाट गुज्रिँदै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ। बजारमा वस्तु अभाव नहोस्, उपभोक्ता ठगिइनन् र चाडपर्व लक्षित सहुलियत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन होस् भन्ने चुनौती अहिले मन्त्रालयको प्राथमिकतामा पर्छ। विशेषगरी चाडपर्वलाई लक्षित गर्दै देशभर १५३ वटा सहुलियत पसल सञ्चालनमा ल्याइएको छ। तर ग्रामीण र दुर्गम क्षेत्रमा त्यस्ता सुविधा पुग्ने कि नपुग्ने भन्ने प्रश्न उठिरहेका छन्। बजारमा अत्यधिक सञ्चित (होडिङ) रोकथाम, कृत्रिम मूल्यवृद्धि नियन्त्रण, भारततर्फका भन्सार कार्यालयमा आएको क्षति, चीनतर्फका नाकाहरू आंशिक बन्दजस्ता समस्याले आपूर्ति श्रृङ्खलामा थप चुनौती खडा गरिरहेका छन्। यता, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन विशेष सुरक्षा–योजना बनाइएको दाबी गरिँदैछ भने चाडपर्वपछिको बजार स्थायित्व र मूल्य नियन्त्रणलाई निरन्तरता दिने योजना मन्त्रालयले तयार पारेको बताइएको छ। यससँगै, निजी क्षेत्रका छाता संगठनहरूसँग सरकारको छलफलमा भएका सहमति कार्यान्वयन कस्तो ढंगले अघि बढ्छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण बनेको छ। यस्तै सन्दर्भमा, हामीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव रामप्रसाद घिमिरेसँग विभिन्न सेरोफेरोमा गरिएको कुराकानीको अंशः

बिज्ञापन

बिज्ञापन

० हालै उत्पन्न विशेष परिस्थितिले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा कस्तो प्रत्यक्ष प्रभाव पारेको छ?
हालैको विशेष परिस्थितिले हाम्रो उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको कुरा सबैले महसुस गर्नुभएको छ। पहिलो चरणमा, मानवीय क्षति र संरचनागत नोक्सानीका कारण सरकारी तथा निजी दुवै खाले कार्यालय, गोदाम, पसल, उद्योग र यातायात संरचनामा अवरोध भयो। यसले आपूर्ति श्रृङ्खलामा छोटो समयका लागि असहजता ल्यायो। धेरै व्यापारी, लगानीकर्ता र उपभोक्तामा एक प्रकारको असुरक्षा र निराशाको वातावरण देखियो। तर, म यसलाई दुई कोणबाट स्पष्ट पार्न चाहन्छु—तात्कालिक र दीर्घकालीन। तात्कालिक असरको हिसाबले हेर्दा, केही दिनसम्म मुलुकको प्रमुख व्यापारिक नाकाहरूमा मालसामान ढुवानी प्रभावित भयो। भारततर्फका भैरहवा, विराटनगर, नेपालगञ्ज, जनकपुरजस्ता भन्सार नाकामा क्षति भएको कारण आयात–निर्यात प्रक्रिया ढिलो भयो। चीनतर्फ तातोपानी र टिमुरे नाका अझै बन्द भएकाले त्यो मार्गबाट आउने मालसामान पूर्ण रूपमा अवरुद्ध छ। यसले विशेष गरी निर्माण सामग्री, इलेक्ट्रोनिक्स, मेसिनरीजस्ता चिनियाँ वस्तुको आपूर्तिमा प्रत्यक्ष असर पारेको छ। त्यसैगरी, उद्योग र व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र तोडफोडका कारण लाखौँ रुपैयाँ बराबरको भौतिक नोक्सानी मात्र नभई लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ। लगानीकर्ता सुरक्षित महसुस नगरेसम्म नयाँ लगानी प्रवाहमा अवरोध आउँछ, जुन दीर्घकालीन असर हो। तर हामीले तत्कालै आपूर्ति श्रृङ्खलालाई व्यवस्थित गर्न कदम चालेका छौं। भन्सार कार्यालयहरू सञ्चालनमा ल्याइएको छ, अन्तर्राष्ट्रिय ढुवानी प्रणाली सहज बनाउन भारत र चीन दुबै पक्षसँग निरन्तर सम्पर्क भइरहेको छ। आजको मितिसम्ममा विरगंज र कोरोला नाकाबाट पुनः नियमित ढुवानी सुरू भएको छ। यसले दैनिक उपभोग्य वस्तु, खाद्यान्न, पेट्रोलियम पदार्थजस्ता प्राथमिक आवश्यकता प्रभावित हुन नदिएको छ। यसबाहेक, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई बलियो बनाइएको छ।FNCCI, CNI, NCC, FNCSI लगाएत छाता संगठनसँगको छलफलबाट हामीले औद्योगिक वातावरण सुधार गर्ने, क्षतिग्रस्त संरचनाको पुनस्र्थापना गर्ने, लगानी सुरक्षण गर्ने स्पष्ट योजना अघि सारेका छौं। यसले व्यवसायी र उद्यमीको मनोबल उच्च राख्न मद्दत गरेको छ । दीर्घकालीन दृष्टिले, यस्तो चुनौतीले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ—हाम्रो आपूर्ति प्रणाली अझै पनि अत्यधिक संवेदनशील छ। त्यसैले भविष्यमा संकट व्यवस्थापन योजना, भण्डारण संरचना विस्तार, आन्तरिक उत्पादन प्रवद्र्धन, र आयात स्रोत विविधीकरणमा बढी ध्यान दिनुपर्छ भन्ने बुझाइ मन्त्रालयले बनाएको छ।

अन्त्यमा, असहज परिस्थितिबाट क्रमशः सहज अवस्थातर्फ अघि बढिरहेको छ भन्ने म प्रष्ट भन्न चाहन्छु। बजार स्थायित्व कायम गर्न, चाडपर्वमा अभाव नदेखियोस् भन्ने हाम्रो प्राथमिकता हो। उपभोक्ताको हकहित र व्यवसायीको सुरक्षालाई सन्तुलित गरेर अघि बढाउने प्रतिबद्धता हामीसँग छ।घटनाक्रममा भएको मानवीय क्षति र संरचनागत नोक्सानीको एकीकृत विवरण कति टाढा तयार भइसकेको छ?

बिज्ञापन

० चाडपर्व लक्षित १५३ वटा सहुलियत पसल संचालनमा ल्याउँदा माग–आपूर्ति सन्तुलन कायम गर्न कस्तो रणनीति बनाइएका छन्?
चाडपर्व जस्तो विशेष समयमा माग र आपूर्ति सन्तुलन कायम गर्नु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। त्यसैले सरकारले आजैदेखि देशभर १५३ वटा सहुलियत पसल संचालनमा ल्याएको छ। यी पसलहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् सञ्चालनमा आएका हुन्। रणनीतिअनुसार, पहिलो प्राथमिकता उपभोक्तालाई आवश्यक पर्ने प्रमुख खाद्य तथा उपभोग्य सामग्री—जस्तै चामल, दाल, चिनी, तेल, नुन, गहुँपिठो, मासुका परिकार, घ्युजन्य वस्तु, ग्यास लगायत—उपयुक्त मूल्यमा उपलब्ध गराउने हो। सहुलियत पसलमार्फत् यी वस्तुहरू बजार मूल्यभन्दा केही कम दरमा बिक्री हुन्छन्, जसले बजारमा कृत्रिम मूल्यवृद्धि हुन दिनेछैन। दोस्रो कुरा, वितरण प्रणालीलाई प्रभावकारी बनाउन हामीले सहुलियत पसललाई शहरका मात्र नभई उपभोक्ताको चाप बढी हुने बजार केन्द्र, नाका, उद्योग केन्द्र र ग्रामीण क्षेत्रसम्म विस्तार गरेका छौं। यसले ग्रामीण उपभोक्तालाई पनि राहत दिनेछ। तेस्रो, माग र आपूर्तिमा असन्तुलन नहोस् भनेर नेपाल खाद्य व्यवस्था कम्पनीका गोदाम, साल्ट ट्रेडिङका डिपो र नेपाल आयल निगमको वितरण प्रणालीलाई आपसमा समन्वय गरिएको छ। यसरी राज्यका स्वामित्वमा रहेका निकायबाट वस्तुको निरन्तर आपूर्ति हुने भएकाले पसलमा अभाव सिर्जना हुँदैन। चौथो, बजारमा अत्यधिक वस्तु सञ्चय गर्ने प्रवृत्तिलाई रोक्न नियमित अनुगमनलाई प्राथमिकतामा राखिएको छ। बजारमा कालोबजारी, कृत्रिम अभाव वा उपभोक्ताको अधिकार उल्लङ्घन हुने गतिविधि देखिएमा तुरुन्त कारबाही गर्ने प्रतिवद्धता मन्त्रालयले लिएको छ। अन्ततः, सहुलियत पसल केवल चाडपर्वमा राहत दिने साधन मात्र नभई, समग्र बजारलाई नियन्त्रण र सन्तुलनमा राख्ने एउटा प्रभावकारी संयन्त्र हो। यसले व्यापारीलाई अनावश्यक मूल्य वृद्धि गर्न रोकिन्छ, उपभोक्तालाई राहत दिन्छ, र बजारलाई स्थिरता दिन्छ भन्ने हाम्रो विश्वास छ।

० सहुलियत पसलको प्रभावकारिता कसरी सुनिश्चित गर्न लागिएको छ, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा उपभोक्ताले कस्तो सुविधा पाउनेछन्?
सहुलियत पसल सञ्चालन गर्नु केवल उद्घाटन गरेर सीमित रहनु हुँदैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ। यसको प्रभावकारिता सुनिश्चित गर्न मन्त्रालयले केही ठोस कदमहरू चालेको छ। सहुलियत पसल सञ्चालनका लागि जिम्मेवार निकायहरू—खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई पर्याप्त मात्रामा आवश्यक सामग्री अग्रिम रूपमा गोदाममै भण्डारण गरिसकिएको छ। यसले आपूर्ति श्रृङ्खला अवरोध भए पनि पसलमा वस्तु अभाव नहोस् भन्ने ग्यारेन्टी गर्छ। बजार मूल्यभन्दा केही कम दरमा उपभोग्य सामग्री उपलब्ध गराउन मूल्य निर्धारण प्रणाली पारदर्शी बनाइएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य तुलना गरेर सहुलियत दर सार्वजनिक गरिने भएकाले उपभोक्ताले प्रत्यक्ष फाइदा पाउनेछन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा सुविधा पु¥याउनका लागि सहुलियत पसललाई जिल्लास्तरीय गोदाम र शाखा कार्यालयमार्फत विस्तार गरिएको छ। हरेक जिल्लामा प्रमुख बजार केन्द्रहरूमा सहुलियत पसल खुल्ने व्यवस्था मिलाइएको छ। त्यसका साथै, दुर्गम क्षेत्रमा पुग्न ‘मोबाइल सहुलियत पसल’ सञ्चालन गर्ने तयारी पनि गरिएको छ, जसले उपभोक्ता आफैँ पसल खोज्दै आउनुपर्ने अवस्था कम हुन्छ।सहुलियत पसलमा अनुगमन संयन्त्र कडा बनाइएको छ। पसलमा आपूर्ति अभाव, कालोबजारी वा उपभोक्ता अधिकार हनन् जस्ता समस्या देखिए तत्कालै सम्बन्धित निकायमार्फत कारबाही हुनेछ। यसले सहुलियत पसललाई विश्वसनीय बनाउन मद्दत पु¥याउँछ। अन्ततः, सहुलियत पसल ग्रामीण वा शहरी जुनसुकै क्षेत्रमा पनि समान रूपमा पहुँचयोग्य र पारदर्शी हुने हाम्रो लक्ष्य हो। उपभोक्ताले राहत महसुस गर्न सकून्, मूल्यवृद्धिको दबाब कम होस्, र बजार सन्तुलित रहोस् भन्ने नै यस कार्यक्रमको मुख्य उद्देश्य हो।

० बजारमा अत्यधिक वस्तु सञ्चित (होडिङ) रोक्न मन्त्रालयले कस्तो निगरानी प्रणाली अपनाएको छ?
बजारमा अत्यधिक वस्तु सञ्चय (होडिङ) रोक्नु उपभोक्ता अधिकार संरक्षण र आपूर्ति श्रृङ्खला सहज बनाउन सबैभन्दा प्राथमिक काम हो। मन्त्रालयले यसलाई प्रभावकारी बनाउन बहुआयामिक निगरानी प्रणाली अपनाएको छ। नियमित बजार अनुगमन टोली गठन गरिएको छ, जसमा मन्त्रालयका अधिकारी, आपूर्ति विभागका कर्मचारी, जिल्ला प्रशासन र उपभोक्ता अधिकार समूहका प्रतिनिधिहरूलाई समावेश गरिएको छ। यी टोलीहरूले दैनिक रूपमा बजार, गोदाम र प्रमुख वितरण केन्द्रहरूमा आकस्मिक निरीक्षण गर्छन्। सूचना संकलन प्रणालीलाई मजबुत बनाइएको छ। उपभोक्ता वा व्यवसायीले वस्तुको कृत्रिम अभाव वा अत्यधिक सञ्चय भएको सूचना दिन सक्ने हेल्पलाइन नम्बर, वेभसाइट र सामाजिक सञ्जाल च्यानल सञ्चालनमा छन्। प्राप्त गुनासो र सूचनामा तुरुन्त कारबाही गरिन्छ। कानूनी कारबाहीको कडाइ लागू गरिएको छ। अत्यधिक सञ्चय गरेर कृत्रिम मूल्यवृद्धि गर्ने वा आपूर्ति अवरोध गर्ने व्यवसायीलाई आपूर्ति ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना, पसल÷गोदाम सील गर्ने वा इजाजतपत्र खारेजसम्मका कारबाही हुन्छन्। निजी क्षेत्रसँग सहकार्यलाई पनि प्राथमिकतामा राखिएको छ। छाता संगठनसँग सहमति गरेर सदस्य व्यवसायीलाई निष्पक्ष आपूर्ति र निषेधित सञ्चय नगर्न कडाइका साथ निर्देशन दिइएको छ। चाडपर्वजस्ता संवेदनशील समयमा विशेष अनुगमन सेल सञ्चालन गरिएको छ, जसले सहुलियत पसलदेखि ठूला थोक बजार र आयात केन्द्रसम्म निगरानी गर्छ। यसले बजारमा अनावश्यक मूल्यवृद्धि र अभाव सिर्जना हुने सम्भावना न्यून पार्छ। यसरी, हाम्रो प्रयास हो—बजारमा वस्तुको अभाव कृत्रिम रूपमा सिर्जना नहोस्, उपभोक्ताले उचित मूल्यमा सामान पाउन सकून्, र आपूर्ति प्रणालीमा व्यवसायी र उपभोक्ताबीच विश्वास कायम रहोस्।

० भारततर्फका केही भन्सार कार्यालयमा क्षति भएको बताइएको छ, त्यसले आयात–निर्यातमा कस्तो असर पारेको छ?
भारततर्फका केही प्रमुख भन्सार कार्यालय—जस्तै भैरहवा, विराटनगर, नेपालगञ्ज, जनकपुर र भद्रपुरमा क्षति भएको सूचना प्राप्त भएको छ। यसले निश्चय नै छोटो अवधिका लागि हाम्रो आयात–निर्यात प्रक्रियामा अवरोध सिर्जना गरेको छ। सबैलाई थाहा छ, नेपालको विदेशी व्यापारमा भारतको हिस्सा अत्यन्तै ठूलो छ। खाद्यान्न, इन्धन, औषधि, निर्माण सामग्रीदेखि लिएर उपभोग्य वस्तुहरूको ठूलो मात्रामा आयात भारत हुँदै हुन्छ। भन्सार संरचना क्षतिग्रस्त हुँदा केही दिनसम्म कागजी प्रक्रिया, मालसामान क्लियरेन्स र ढुवानी कार्य ढिलो भएको छ। यसले उद्योग र बजारमा तत्काल आपूर्ति चाप ल्याएको हो। तर सकारात्मक पक्ष पनि छ। विरगञ्ज भन्सार, जुन नेपालको सबैभन्दा ठूलो व्यापारिक नाका हो, सञ्चालनमा आइसकेको छ। यसैगरी, काकडभित्तामा पनि भोलिदेखि काम सुरू हुने सूचना प्राप्त भएको छ। यी नाकाहरू सञ्चालनमा आउनासाथ आयात–निर्यात पुनः सहज भएको छ। यसले समग्र आपूर्ति प्रणालीलाई सहज बनाउन ठूलो राहत पु¥याएको छ। हालका लागि हाम्रो प्राथमिकता के छ भने—क्षतिग्रस्त भन्सार कार्यालयहरूको छिटो मर्मत र सञ्चालन, वैकल्पिक नाकाहरूको प्रयोग, र ढुवानी प्रक्रियालाई तिव्र गतिमा अघि बढाउने। यसका लागि भारत सरकारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको छ। यसरी भन्नुपर्दा, भन्सार कार्यालयमा भएको क्षतिले अल्पकालीन चुनौती खडा गरे पनि दीर्घकालीन असर न्यून पार्ने दिशामा सरकार सक्रिय रूपमा लागेको छ। उपभोक्ताले आवश्यक वस्तु पाउन सकून् र उद्योग–व्यवसायले कच्चा पदार्थमा अभाव नहोस भन्ने हाम्रो पहिलो प्राथमिकता हो।

० चीनतर्फका नाकामध्ये कोरोला खुलेको भए पनि तातोपानी र टिमुरे अझै बन्द छन्, यसले आपूर्ति श्रृङ्खलामा दीर्घकालीन चुनौती खडा गर्ने खतरा कस्तो देखिन्छ?
चीनतर्फको कोरोला नाका सञ्चालनमा आएसँगै केही मात्रामा राहत पाएका छौं। यसले तत्काल आपूर्ति सहज बनाउन मद्दत गरेको छ। तर तातोपानी र टिमुरे नाका अझै बन्द रहनुले दीर्घकालीन दृष्टिले भने ठूला चुनौती खडा गर्ने सम्भावना छ। तातोपानी र टिमुरे नाका भौगोलिक हिसाबले काठमाडौं नजिक छन् र लामो समयदेखि नेपालको चीनसँगको व्यापारका लागि जीवनरेखा सरह रहेका छन्। यी नाका बन्द हुँदा विशेषगरी इलेक्ट्रोनिक्स, कपडा, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र मेसिनरी आयातमा असहजता बढ्छ। ढुवानी दूरी लम्बिँदा लागत पनि बढ्छ, जसको प्रत्यक्ष असर बजार मूल्यमा पर्छ। दीर्घकालीन दृष्टिले यो अवस्थाले दुईवटा मुख्य चुनौती देखाउँछ । पहिलो, आपूर्ति श्रृङ्खला एकै नाकामा निर्भर हुनुको जोखिम। कुनै कारणले त्यो नाका अवरुद्ध भएमा सम्पूर्ण व्यापार ठप्प हुने खतरा हुन्छ। दोस्रो, व्यापारिक सन्तुलनमा समस्या। भारतसँगको व्यापारमा पहिले नै उच्च निर्भरता छ, चीनतर्फका प्रमुख नाका बन्द हुँदा आयात स्रोत अझै सीमित हुन्छ। यसले दीर्घकालीन रूपमा वैकल्पिक आपूर्ति मार्ग खोज्ने आवश्यकता बढाउँछ। यसका लागि सरकारले दुईवटा कदम चालिरहेको छ। एक, चीन सरकारसँग उच्चस्तरीय समन्वय गरेर तातोपानी र टिमुरे नाका चाँडै सञ्चालनमा ल्याउन निरन्तर वार्ता भइरहेको छ। दुई, वैकल्पिक उपायका रूपमा कोरोला नाका हुँदै आउने आपूर्ति बढाउने र आवश्यकता अनुसार हवाई मार्ग वा दक्षिणतर्फका नाकाबाट ढुवानी गर्ने तयारी राखिएको छ। निष्कर्षमा भन्नुपर्दा, कोरोला नाका सञ्चालनले तत्काल राहत दिएको छ तर तातोपानी र टिमुरे नाका दीर्घकालीन रूपमा सञ्चालनमा नआएसम्म आपूर्ति श्रृङ्खला पूर्ण स्थायित्वमा आउन सक्दैन। त्यसैले दीर्घकालीन समाधानका लागि स्रोत विविधीकरण, पूर्वाधार सुधार र वैकल्पिक नाका खोज्ने रणनीतिमा मन्त्रालय गम्भीर छ।

० निजी क्षेत्रका संगठनसँग गरिएको छलफलमा प्रमुख सहमति के–के भएका छन्?
निजी क्षेत्रका छाता संगठनहरू — उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, च्याम्बर अफ कमर्स, महिला उद्यमी महासंघ र घरेलु तथा साना उद्योग महासंघ सँग हालै गरिएको छलफल अत्यन्तै परिणाममुखी रह्यो। त्यस क्रममा निम्न बुँदामा सहमति भएको छ । चाडपर्व लक्षित सहुलियत पसललाई निजी क्षेत्रको सहकार्यमा थप प्रभावकारी बनाउने। आपूर्ति प्रणालीलाई सहज बनाउन गोदाम, ढुवानी र वितरणमा निजी क्षेत्रको सक्रिय संलग्नता सुनिश्चित गर्ने। उपभोग्य वस्तुमा कृत्रिम मूल्यवृद्धि, अभाव सिर्जना गर्ने प्रवृत्ति रोक्न संयुक्त अनुगमन टोली सञ्चालन गर्ने। ग्रामीण र दुर्गम क्षेत्रमा पनि सहुलियत सामग्री पु¥याउन निजी उद्योग–व्यवसायीले रसद व्यवस्थापनमा प्रत्यक्ष सहयोग गर्ने। यसरी, बजार सन्तुलन कायम गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आधार तयार भएको छ ।

०मन्त्रालयले बजार अनुगमनलाई कस्तो प्राथमिकता दिएको छ? उपभोक्ताको अधिकार हनन् भएमा तुरुन्त कारबाही गर्ने प्रतिवद्धता व्यवहारमै कस्तो कार्यान्वयनमा ल्याइन्छ?
बजार अनुगमनलाई मन्त्रालयले शीर्ष प्राथमिकता दिएको छ। अहिले ७ वटै प्रदेशमा स्थायी अनुगमन टोली परिचालन गरिएको छ भने चाडपर्व अवधिमा दैनिक अनुगमन विशेष अभियानमार्फत सञ्चालन भइरहेको छ।अनुगमन टोलीमा मन्त्रालयका प्राविधिक, वाणिज्य आपूर्ति विभाग, प्रहरी प्रशासन र उपभोक्ता अधिकारकर्मी समेत समावेश गरिएको छ। मूल्य सूची नटाँस्ने, म्याद गुज्रिएका सामान बिक्री गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई तुरुन्त जरिवाना र कानुनी कारबाही गरिएको छ। अनलाइन गुनासो प्रणालीमार्फत उपभोक्ताबाट आएका उजुरीलाई २४ घण्टाभित्र कारबाही प्रक्रिया अगाडि बढाउने व्यवस्था गरिएको छ । यसरी, उपभोक्ता अधिकार रक्षा व्यवहारमै कठोर कार्यान्वयनमार्फत सुनिश्चित गरिएको छ।

० पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी हुन नदिन विशेष सुरक्षा–योजना बनाइएको छ?
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु आपूर्ति सरकारले संवेदनशील ठानेको विषय हो। त्यसैले मन्त्रालयले विशेष सुरक्षा–योजना बनाएको छ । नेपाल आयल निगममार्फत प्रमुख भण्डारण केन्द्रमा कम्तीमा ३० दिनसम्म पुग्ने भण्डारण क्षमता सुनिश्चित गरिएको छ। पेट्रोलियम ट्यांकर र खाद्यान्न ढुवानी गर्ने गाडीलाई विशेष सुरक्षा स्कर्टिङको व्यवस्था गरिएको छ। आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने आपतकालीन भण्डार कायम गरिएको छ। नाका बन्दाबन्दी वा ढुवानी अवरोध भएमा वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी गरिएको छ। यसले गर्दा चाडपर्वमा आपूर्ति अभावको स्थिति आउन नदिने पक्का छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष