अख्तियारमा कुन स्थानीय तहका कति उजुरी ?

७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी अनियमितता र भ्रष्टाचार भएको भन्दै पोखरा महानगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियारले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी पोखरा महानगरपालिकामा अनियमित कर्मको विरुद्ध उजुरी पर्दा देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं विरुद्ध दोश्रो धेरै उजुरीको चाङ छ अख्तियारमा ।

बिज्ञापन

पोखरा महानगरपालिकामा जहाँ भ्रष्टाचार तथा अनियमितता सम्बन्धी ४१३ उजुरी परेको अख्तियारले जनाएको छ । यो अवधिमा दर्ता कायम भएका स्थानीय तहसम्बद्ध कुल १९,९३३ उजुरीमध्ये  ४१३ वटा उजुरी पोखरा महानगरपालिका, कास्कीसँग सम्बन्धित रहेका छन्। त्यसपछि बढी उजुरी पर्ने स्थानीय तहहरूमा क्रमशः काठमाडौँ महानगरपालिका, काठमाडौँसँग सम्बन्धित ३८१ वटा, छिपरमाई गाउँपालिका, सुवर्ण गाउँपालिका, बारासँग सम्बन्धित २३० वटा, नारायण नगरपालिका, दैलेखसँग सम्बन्धित २०६ वटा, पचरौता नगरपालिका, बारासँग सम्बन्धित १९२ वटा, जलेश्वर नगरपालिका, महोत्तरीसँग सम्बन्धित १९१ वटा, ललितपुर महानगरपालिका, ललितपुरसँग सम्बन्धित १८८ वटा रहेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

यस्तै प्रदेशगत हिसाबले बागमती प्रदेशमा ११ हजार २७७ उजुरी दर्ता भएका छन्, जुन सबैभन्दा धेरै हो । त्यसपछि कोशी प्रदेशमा ६ हजार २७४, लुम्बिनीमा ५ हजार ३८८, कर्णालीमा २ हजार ५३६, सुदूरपश्चिममा २ हजार ६८३ र गण्डकी प्रदेशमा २ हजार ४१३ उजुरी परेका छन् ।
संघीय सरकार अन्र्तगत सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बीन्धत १७ दशमलव १२ प्रतिशत उजुरी परेको छ । गत आर्थिक बर्षमा भूमि मन्त्रालयसँग सम्बन्धित २१३६ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग १२८७ वगटा उजुरी दर्ता भएका छन्,पछिल्लो एक बर्षमा,यस्तै गृह मन्त्रालयसँग सम्बन्धित १२९९ वटा उजुरी दर्ता हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १० दशमलव ३९ प्रतिशत र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग ८ दशमलव ९६ प्रतिशत उजुरी दर्ता भएको आयोगले जनाएको छ । यस्तै अर्थ मन्त्रालयका ६७९,उर्जा मन्त्रालयका ६१० उजुरी आयोगमा दर्ता भएका छन् ।

बिज्ञापन

आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता भएका २८ हजार५५४ र गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका वटा गरी जम्मा ८४७२ वटा उजुरीको दर्ता कायम भएको छ। तीमध्ये सबैभन्दा बढी अर्थात् १० हजार २४२ अर्थात झण्डै २८ प्रतिशत उजसरी आयोगको वेबसाइट प्रयोग गरी अनलाइनबाट प्राप्त भएका छन्। त्यसपछि क्रमशः लिखित निवेदन, इमेल, हुलाक सेवा, टेलिफोन, सामाजिक सञ्‍जाललगायतका माध्यमहरूबाट बढी उजुरी प्राप्‍त भएको आयोगले जनाएको छ ।उजुरीमध्ये झण्डै ५३ प्रतिशत उजुरी टंगालमा परेका छन् ।

सबैभन्दा बढी उजुरी परेका १० स्थानीय तह

पोखरा महानगरपालिका, कास्की – ४१३ उजुरी
काठमाडौँ महानगरपालिका, काठमाडौँ – ३८१ उजुरी
छिपहरमाई गाउँपालिका, पर्सा – २९८ उजुरी
सुवर्ण गाउँपालिका, बारा – २३० उजुरी
नारायण नगरपालिका, दैलेख – २०६ उजुरी
पचरौता नगरपालिका, बारा – १९२ उजुरी
जलेश्वर नगरपालिका, महोत्तरी – १९१ उजुरी
ललितपुर महानगरपालिका, ललितपुर – १८८ उजुरी
जनकपुर उपमहानगरपालिका, धनुषा – १७९ उजुरी
कटहरिया नगरपालिका, रौतहट – १६९ उजुरी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

जनताको फाइल खरानी, डीजी रेग्मीको ध्यान भने कमिसनको धन्दामै

सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

‘१५ प्रतिशत खराबको छायाँमा ८५ प्रतिशत इमान्दार कर्मचारी’

कर्मचारीको सेवा सुविधा कटौती गर्ने सचिवको सरुवा,अध्यक्षको गाडीको चाबी खोसियो

ओली सरकारले नियुक्ति गरेका ३१६ कार्यकर्ताको जागिर गयो,मासिक ६ करोड बचत

बिशेष