तीन सहसचिवको जिम्मेवारी हेरफेर, पूर्व अर्थमन्त्रीका रोजाइका बराल तालिम केन्द्रमा थन्काइए

अर्थमन्त्री रामेश्वर खनालले आफू अनुकुलको कर्मचारीको टिम बनाउन लागेको छन् । गत साता मन्त्री नियुक्त भएका उनले अर्थका तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।

बिज्ञापन

मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरु महेश आचार्य, सेवन्तक पोखरेल र महेश बरालको सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

विष्णु पौडेल अर्थ मन्त्री हुँदा पाँच पाँच वटा जिम्मेवारी सम्हालिहेका महेश बराललाई वित्तीय संघीयता समन्वय महाशाखाबाट सरुवा गरेर सहसचिव थन्काउने कार्यलयका रुपमा परिचित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पुर्याइएको छ । पौडेल अर्थमन्त्री हुँदा बराललाई धितोपत्र वोर्डका सञ्चालक समितिका सदस्य,नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक,राष्ट्रिय वीमा प्राधिकरणको अध्यक्ष, नेपाल आयल निगमका समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रशासन समूहबाट निजामती सेवा प्रवेश गरेका बराल अर्थ मन्त्रालयमा छिर्नुअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा थिए। त्यतिबेला लघु बीमा कम्पनी दर्तामा सहयोग गरेको भन्दै बराल विवादमा तानिएका कर्मचारी हुन ।
अर्थमन्त्री खनालले बरालको ठाउँमा तालिम केन्द्रका प्रमुख महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ल्याएका छन्।

यस्तै सहसचिव सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा पठाइएको छ। पोखरेल यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष