तालिम,गोष्ठी र ५ लाख मुनिको सम्पूर्ण योजना स्थगित

कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, प्रदर्शनमा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

बिज्ञापन

आन्दोलनका क्रममा प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय, भवन, उपकरण, सवारी साधनलगायतमा भएको समग्र क्षतिको मूल्याङ्कन गर्ने निर्णय पनि बैठकले गरेको छ । जसका लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई आगामी कार्तिक ९ गतेभित्र क्षतिको यथार्थ विवरण र पुनर्निर्माणका लागि लाग्ने अनुमानित लागतसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्ले पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिइएको छ । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरेको छ ।

बिज्ञापन

जेनजी आन्दोलन पछि आज बसेको मन्त्री परिषद बैठकले यस्ता कार्यक्रम स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिएको छ । बैठकले ५ लाख रुपैयाँभन्दा कम लागतका सम्पूर्ण पुँजीगत योजनाहरू स्थगित गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य, सामाजिक विकास, तथा कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य, सामाजिक विकास, तथा कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

बिशेष