तालिम,गोष्ठी र ५ लाख मुनिको सम्पूर्ण योजना स्थगित

कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, प्रदर्शनमा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

बिज्ञापन

आन्दोलनका क्रममा प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय, भवन, उपकरण, सवारी साधनलगायतमा भएको समग्र क्षतिको मूल्याङ्कन गर्ने निर्णय पनि बैठकले गरेको छ । जसका लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई आगामी कार्तिक ९ गतेभित्र क्षतिको यथार्थ विवरण र पुनर्निर्माणका लागि लाग्ने अनुमानित लागतसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्ले पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिइएको छ । प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरेको छ ।

बिज्ञापन

जेनजी आन्दोलन पछि आज बसेको मन्त्री परिषद बैठकले यस्ता कार्यक्रम स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिएको छ । बैठकले ५ लाख रुपैयाँभन्दा कम लागतका सम्पूर्ण पुँजीगत योजनाहरू स्थगित गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य, सामाजिक विकास, तथा कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य, सामाजिक विकास, तथा कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष