एकै पटक १० हजार कर्मचारी कटौती हुँदै,असोजभित्रै कार्यान्वयनको तयारी

सरकारले आगामी असोज भित्रैमा १० हजार कर्मचारी कटौती गर्ने भएको छ । हिजो बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने तयारी गरेको छ । संशोधित दरबन्दी संरचना स्वीकृतिका लागि असोज २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेस गर्ने बैठकले निर्णय गरेको छ ।कर्मचारीहरू मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाट कटौती सुरु गर्ने निर्णय गरेको र यसलाई असोजभित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेस हुने जनाइएको छ । कर्मचारीहरूले गरेको संशोधित दरबन्दी स्वीकृतिको निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ। सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय र खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ। हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

बिज्ञापन

‘यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिने सचिव बैठकले निर्णय गरेको हो ।

सचिव बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ । निर्णयको ९ औं बुँदामा नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवायल, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशत कटौती गरी संशोधित दरवन्दी संरचना स्वीकृतिका लागि २०८२ आश्विन २० गतेभित्र नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष