सिंहदरबारभित्र भएको क्षतिको रुजु पछि मात्र सरसफाइ र पुनःनिर्माण गरिने

मुलुकको प्रमुख प्रशासकीय भवन सिंहदरबारभित्र रहेका मन्त्रालयहरुमा भएको क्षतिको मुल्यांकन गरेपछि मात्र सरसफाइ र पुन निर्माणको काम हुने भएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका कारण सिंहदरबारभित्रका अधिकांश मन्त्रालय क्षतिग्रस्त भएका छन् ।

बिज्ञापन

सिंहदरबारभित्र र बाहिर रहेका २२ मन्त्रालयमध्ये ४ वटा मन्त्रालय पूर्ण रुपमा क्षतिग्रस्त रहेको पाइएको छ भने बाँकी मन्त्रालयहरु आशिंक रुपमा क्षति भएको पाइएको छ । सबै जसो मन्त्रालयहरुमा जेनजीको प्रदर्शन र आक्रमणका कारण ढुंगामूढा गरिएको कारण क्षतिग्रस्त हुन पुगेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा र गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको छ । यस्तै,सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयमा खासै क्षति छैन । आंशिक क्षति भएका मन्त्रालयहरुमा सामान्य प्रशासन, कृषि, शिक्षाजस्ता मन्त्रालय छन् ।

यी मन्त्रालय र सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछिमात्र सरसफाइ गरिने तयारी छ । आज मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले सिंहदरबारभित्रका मन्त्रालयहरुको निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा सबै मन्त्रालय र सवारी साधनहरुमा क्षति पुगेको बताए । उनले मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने योजना तयारी रहेको बताए । सबै क्षतिको मुचुल्का उठाउने काम अहिले भइरहेको छ । मुचुल्का उठाएर सरसफाइ गरी बस्न मिल्ने ठाउँमा बस्छौँ । पुनर्निर्माण गर्नुपर्नेको हकमा सरकार बनेसँगै काम सुरु हुन्छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष