मुलुकको प्रमुख प्रशासकीय भवन सिंहदरबारभित्र रहेका मन्त्रालयहरुमा भएको क्षतिको मुल्यांकन गरेपछि मात्र सरसफाइ र पुन निर्माणको काम हुने भएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका कारण सिंहदरबारभित्रका अधिकांश मन्त्रालय क्षतिग्रस्त भएका छन् ।
बिज्ञापन
सिंहदरबारभित्र र बाहिर रहेका २२ मन्त्रालयमध्ये ४ वटा मन्त्रालय पूर्ण रुपमा क्षतिग्रस्त रहेको पाइएको छ भने बाँकी मन्त्रालयहरु आशिंक रुपमा क्षति भएको पाइएको छ । सबै जसो मन्त्रालयहरुमा जेनजीको प्रदर्शन र आक्रमणका कारण ढुंगामूढा गरिएको कारण क्षतिग्रस्त हुन पुगेको छ ।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा र गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको छ । यस्तै,सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयमा खासै क्षति छैन । आंशिक क्षति भएका मन्त्रालयहरुमा सामान्य प्रशासन, कृषि, शिक्षाजस्ता मन्त्रालय छन् ।
यी मन्त्रालय र सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछिमात्र सरसफाइ गरिने तयारी छ । आज मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले सिंहदरबारभित्रका मन्त्रालयहरुको निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा सबै मन्त्रालय र सवारी साधनहरुमा क्षति पुगेको बताए । उनले मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने योजना तयारी रहेको बताए । सबै क्षतिको मुचुल्का उठाउने काम अहिले भइरहेको छ । मुचुल्का उठाएर सरसफाइ गरी बस्न मिल्ने ठाउँमा बस्छौँ । पुनर्निर्माण गर्नुपर्नेको हकमा सरकार बनेसँगै काम सुरु हुन्छ ।’