प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।गृह कर्मचारीहरुलाई शीतलनिवासबाट यस्तो निर्देशन दिइएको हो ।

बिज्ञापन

अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो ।

बिज्ञापन

अव कुनै नाटकीय घटनाक्रम नभए पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्कापक्की छ । राष्ट्रपतिसहित जेनजी प्रतिनिधि र राजनीतिक दलका नेताहरुसहित गएराति अबेरसम्म चलेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमाति जुटेको हो ।

सो सँगै आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थाल्न निर्देशन दिइएको हो । प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल अझै कानुनविदसँग परामर्शमै छन् । वर्तमान संविधानअनुसार नै उनलाई प्रधानमन्त्री बनाउनेगरी सहमति जुटेपछि आउनसक्ने थप जटिलताका सम्बन्धमा आवश्यक छलफल गर्न शुक्रबार बिहान अर्को बैठक राखिएको राष्ट्रपति निकट सूत्रहरुले जनाएका छन् ।

बिज्ञापन

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा व्यापक धनजनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि स्थितिलाई सहजीकरण गर्न सुरक्षाको सम्पूर्ण कमाण्डको नेतृत्व नेपाली सेनाले लिएको छ भने सेनाले नै आवश्यक सहजीकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव अर्याल : “नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ”

प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

संक्रमणमा प्रशासनको भूमिका

प्रधानमन्त्रीको स्वागतका लागि तयारी रहन सचिवहरुलाई मुख्यसचिवको निर्देशन

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने तयारी,९ बजे पछि शपथ

रसुवामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला निषेध

जेन जेड आन्दोलन : शीर्ष नेताहरूका दर्जनौं घरमा आगजनी

रसुवा कारागारबाट ९८ कैदी फरार, ७२ पक्राउ, बाँकीको खोजी जारी

बिशेष