प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई शीतल निवासको निर्देशन

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।गृह कर्मचारीहरुलाई शीतलनिवासबाट यस्तो निर्देशन दिइएको हो ।

बिज्ञापन

अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो ।

बिज्ञापन

अव कुनै नाटकीय घटनाक्रम नभए पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्कापक्की छ । राष्ट्रपतिसहित जेनजी प्रतिनिधि र राजनीतिक दलका नेताहरुसहित गएराति अबेरसम्म चलेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमाति जुटेको हो ।

सो सँगै आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थाल्न निर्देशन दिइएको हो । प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल अझै कानुनविदसँग परामर्शमै छन् । वर्तमान संविधानअनुसार नै उनलाई प्रधानमन्त्री बनाउनेगरी सहमति जुटेपछि आउनसक्ने थप जटिलताका सम्बन्धमा आवश्यक छलफल गर्न शुक्रबार बिहान अर्को बैठक राखिएको राष्ट्रपति निकट सूत्रहरुले जनाएका छन् ।

बिज्ञापन

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा व्यापक धनजनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि स्थितिलाई सहजीकरण गर्न सुरक्षाको सम्पूर्ण कमाण्डको नेतृत्व नेपाली सेनाले लिएको छ भने सेनाले नै आवश्यक सहजीकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष