कर्मचारीको माग र भावना समेट्दै छिट्टै निजामती विद्येयक पारित हुन्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले कर्मचारीको माग र भावना समेट्दै छिट्टै संघीय निजामती सेवा विद्येयक संसदबाट राजनीतिक दलहरुको सहमतिमा पारित हुने बताएका छन् ।

बिज्ञापन

२२ औं निजामती सेवा दिवस मूल समारोहको प्रमुख अतिति रहेका सिंहले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसद्‌बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुङ्गाका रूपमा अपेक्षा गरिएको संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसद्‌बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको छ ।’
उपप्रधानमन्त्री सिंहले शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अङ्ग हो, विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवाकै काँधमा रहेको’ बताए ।

बिज्ञापन

उनले कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताए । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै निजामती सेवासम्बन्धि विधेयक कर्मचारीहरूको माग र भावना समेट्दै् राजनीतिक दलहरूको सहमतिमा सांसदबाट छिटै पारित हुने विश्वास पनि व्यक्त गरे।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष