कुलिङ पिरियडको साइड इफेक्ट : अवधि बाँकी छँदै सहसचिवद्धारा धमाधम राजीनामा

संघीय निजामती सेवा विद्येयकमा राखिएको कुलिङ पिरियड प्रावधानको साइड इफेक्ट निजामती सेवामा देखिन थालेको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट भएको त्रुटि र भएको छेडखानीलाई सच्याएर हालैमात्र राष्ट्रिय सभाले संघीय निजामती सेवा विद्येयकमा कुलिङ पिरियडको प्रावधान राखिएको छ ।

बिज्ञापन

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको संघीय निजामती सेवा विद्येयकमा राखिएको कुलिङ पिरियड प्रावधानका कारण कतिपय उच्च,काविल सहसचिवहरु जागिर अवधि बाँकी हुँदै राजीनामा दिन थालेका छन् ।

बिज्ञापन

तल्लो सभाले पास गरेर पठाएका कुलिङ पिरियड,सहसचिव र सुव्वा तहमा खुला प्रतिष्प्रर्धासहितका विभिन्न व्यवस्थाहरु परिमार्जन गरेको छ माथिल्लो सदनले । सोही समयमा एकै पटक दुई सहसचिवहरुले जागिरबाट राजीनामा दिएका हुन ।

विधेयकको दफा ८२ को उपदफा ४ मा ‘संघीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउनेछैन भन्ने व्यवस्था राखिएको छ । यो विद्येयक कार्यन्वयनमा गएसँगै निजामतीसहित अन्य सरकारी सेवाका सचिव वा सहसचिव श्रेणीका कर्मचारीले राजीनामा दिएर वा अवकाश भएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउनेछैनन् ।

बिज्ञापन

अवकाशपछिको दुई वर्षसम्म सचिव र सहसचिवले राजदूत बन्नसमेत पाउनेछैनन् । कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई निष्क्रिय हुने प्रावधान राष्ट्रिय सभाले हटाएसँगै सञ्चार मन्त्रालयका दुइ हाइ स्किल सहसचिवहरुले जागिरबाट राजीनामा दिएका हुन । उनीहरुको राजीनामा स्वीकृतिको चरणमा छन् ।

यसरी राजीनामा दिने सहसचिवद्धय हुन,रमेश शर्मा पौडेल र राम गोविन्द अर्याल ।
रमेश पौडेल सूचना प्रविधि विभागका महानिर्देशकको रुपमा कार्यरत छन् भने राम गोविन्द अर्याल सञ्चार मन्त्रालयमा । सञ्चार मन्त्रालय स्रोतका अनुसार,राम गोविन्दको जागिर अवधि अझैं १४ बर्ष बाँकी थियो । उनी सरकारी सेवामा प्रवेश गरेको २१ बर्ष पूरा भइसकेको छ ।

यस्तै रमेश शर्मा पौडेलको जागिर अवधि अझैं ४ बर्ष बाँकी थियो ।सञ्चार मन्त्रालय स्रोतले भन्यो,’हामीले अर्याल सरलाई एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र)मा पठाउन खोजेको थियौं तर उहाँले त राजीनामा दिनुभयो । उहाँहरुले दुबै जनाले राजीनामा दिनुभएको छ । स्वीकृति हुन बाँकी छ ।’

उनीहरुले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन । कर्मचारी प्रेससँग कुराकानी गर्दै अर्यालले आफूले राजीनामा दिएको स्वीकार गरे । दुई महिना अगाडिमात्र सञ्चारमा पुगेका उनले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

पौडेल भने सम्पर्कमा आउन चाहेनन् । उनले आफू निकटकाहरुलाई व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बताएका छन् ।

तर मन्त्रालयका उच्च स्रोतहरुले भने यी दुई हाइ स्किल भएका उच्च प्रशासकहरुको हठातको राजीनामालाई संघीय निजामती सेवा विद्येयकमा राखिएको कुलिङ पिरियडको साइड इफेक्ट भनेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

उपमहानगरपालिकामाथि कहिलेसम्म उपेक्षा ?

कुलिङ पिरियडको साइड इफेक्ट : अवधि बाँकी छँदै सहसचिवद्धारा धमाधम राजीनामा

मन्त्री ताकेका रामहरिलाई सभापति

सिडियो सरुवामा मन्त्री र सचिवको मनपरी

चार उपसचिवको सरुवा

कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्नेछु : सभापति देउवा

प्रकाश भावुक( प्रभा) को कविता : सङ्कल्प यस्तो गरौँ !

बिशेष