राज्य व्यवस्था सुशासन समितिमा रहँदा कुलिङ पिरियडमा छलछाम गरेको भन्दै संसदीय विशेष छानबिन समितिले दोषी करार गरेपछि राजीनामा दिएका रामहरि खतिवडालाई फेरि अर्काे समितिमो सभापति बनाउने तयारी चल्दैछ ।
गत साउन २७ मा बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए ।
खतिवडाले राजीनामा दिइसँगै समितिको सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सारिएको छ भने खतिवडालाई सो समितिको सदस्य बनाइएको थियो ।
बिज्ञापन
खतिवडाले संसद्मा ‘छानबिन समितिले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै राज्य व्यवस्था समितिबाट राजीनामा दिने घोषणा गरेका थिए,साउन २८ मा । यसरी नैतिकता देखाएर राजीनामा घोषणाको तीन साता नपुग्दै नलाई संवैधानिक अंगका प्रमुख र पदाधिकारी तथा राजदूतहरुको सुनुवाई गरेर अनुमोदन गर्ने संघीय संसदको संयुक्त समिति सभापति बनाउने तयारी भइरहेको छ ।
बिज्ञापन
इश्वरी राज्यव्यवस्थामा गएपछि रिक्त रहेको सोही समितिको सभापति चयनका लागि आज साँझ बैठक बोलाइएको हो। संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ। समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन्। सोही स्थानमा रामहरि खतिवडालाई लैजाने तयारी छ ।
समितिको सभापतिका लागि आज निर्वाचन कार्यतालिका छ । गठबन्धनमा प्रष्ट बहुमत रहेकाले खतिवडा निर्विरोध सभापति बन्ने परिस्थिति देखिएको छ । कर्मचारीको बदमासीका कारण राजीनामा दिन परेकाले रामहरिमाथि अन्याय भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई मन्त्री बनाउन चाहेको बुझिन्थ्यो । तर, पार्टीको आन्तरिक समीकरण नमिलेपछि मन्त्री हेरफेरतिर नलागेका देउवाले सुनुवाई समितिको सभापतिमा लैजाने निधो गरेका हुन ।
बिज्ञापन
सभापतिलाई सुविधै सुविधा
संसदीय समितिका सभापतिहरूले राज्यमन्त्रीसरहको सुविधा पाउदै आएका छन् । सभापतिले संघीय संसद्का पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐनअनुसार पारिश्रमिकता ६० हजार ९ सय ७० रुपैयाँ, विशेष भत्ता १ हजार, बैठक भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २५ हजार ६ सय ८, फर्निचर १५ हजार, निजी सचिवालय बन्दोवस्तबापत १ हजार ७ सय ५० रुपैयाँ प्राप्त गर्छन् ।
त्यस्तै, २ सय लिटर सवारी इन्धन, ५ लिटर मोबिल, धारा बिजुली २ हजार, दैनिक भ्रमण भत्ता २ हजार ५ सय सुविधाका रूपमा पाउँछन् । यस्तै जनशक्तितर्फ उपसचिवसरहको स्वकीय सचिव १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ जना, कार्यालय सहयोगी १ जना, अंगरक्षक १ जना, ५ जना प्रहरी सुरक्षा टीम पाउँछन् ।