सिडियो सरुवामा मन्त्री र सचिवको मनपरी

गृह मन्त्रालयले सिडियो सरुवामा मनलाग्दी गर्न थालेको छ । मन्त्रालयले केही सहसचिवलाई डेढ महिना,केही सहसचिवलाई १४ दिनमै खटाइएको जिल्लाबाट फिर्ता गर्दा एक सहसचिवलाई कार्यविधि विपरित लगातार तेस्रो पटक क बर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएर कार्यविधिको उल्लंघन गरिरहेको भेटिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयले सिडियोको खटन पटनमा आफ्नै कार्यविधि लत्याउँदै आएको हो ।  गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पटक पटक मन्त्रालयले बनाएको कार्यविधि उल्लंघन गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९ मा ‘क’ वर्ग जिल्लामा बसेको सिडिओलाई ‘क’ वर्ग कै जिल्लामा नखटाउने उल्लेख गरेको भए पनि केही सहसचिवको हकमा यस्तो कार्यविधि कागजको खोस्टोमा सीमित बन्न पुगेको छ ।

बिज्ञापन

यस अघि नै कार्यविधि मिचेर गृहले गृह प्रशासनको अनुभवै नभएका केही सहसचिवहरुलाई क जिल्लामा सिडियो बनाएर खटाएको थियो । भदौं पहिलो साता नमराज घिमिरेलाई कार्यविधि विपरित भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएका थियो गृहले ।

बिज्ञापन

गृहले बनाएको कार्यविधिमा एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र ‘क’ वर्गको जिल्लामा सिडिओ बनाउने उल्लेख छ। त्यसविपरीत घिमिरेलाई गृह मन्त्रालय छिर्नेबित्तिकै ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बनाएर पठाइएको हो। घिमिरे प्रधानमन्त्री कार्यालयबाट गृह छिर्ने वित्तिकै सिडियो बन्ने अवसर पाएका सहसचिव हुन ।

यस्तै गृहले भोजपुरको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी डेढ महिनामै गृह मन्त्रालय तानेर तानेर नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ भने सो ठाउँमा खटाइएको थियो बाबुराम गौतमलाई । १४ दिन नबित्दै भोजपुरमा सहसचिव शिवलाल तिवारीलाई खटाइएको छ भने वावुरामलाई फिर्ता बोलाइएको छ । उनलाई गृहको बरण्डामा थन्काइएको छ ।

यस्तै चितवनमा खटाइएका गणेश अर्यालको हकमा समेत प्रश्न उठ्न थालेको छ । गृहका कर्मचारीहरुका अनुसार अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा गृहले प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ उल्लघन गरेको छ । अर्याल रुपन्देही पर्सा हुँदै गृहमा तानिएका थिए । यी दुबै क श्रेणीका जिल्ला मानिन्छन् । पर्साबाट गृहमा भित्रिएका साता दिन नबित्दै अहिले चितवन जिल्लाको सिडियो बनाएर खटाइएको छ,अर्याललाई ।
गृहका कर्मचारीहरुका अनुसार,यस अघि ‘क’ वर्गको पर्सामा ९ महिना बढी सिडिओ चलाएर आएका हुन अर्याल । त्यस अघि अर्याल ‘क’ वर्ग कै जिल्ला रूपन्देहीको प्रमुख जिल्ला अधिकारी थिए । अहिले फेरि ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । जबकी गृहले बनाएको कार्यविधिमा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकालाई ‘ख’ वर्ग वा मन्त्रालयका महाशाखा वा विभागमा जिम्मेवारी दिने कार्यविधिमा लेखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष