आठ बर्षपछि भेटिएला त सर्वाेत्कृष्ट निजामती कर्मचारी ?

विगत ८ बर्षदेखि रोकिएको सर्वाेत्कृष्ट निजामती पुरस्कार यस पटक बाडिएला कि नबाडिएला ? २२ भदौं नजिकएसँगै यो प्रश्न उठ्न थालेको छ । सरकारले निजामती सेवा दिवसका दिन बर्सेनि कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार आगामी आइतबार ४१ जना विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीलाई पुरस्कृत हुनुपर्ने हो ।
दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुस्कार दिइदै आएको छ ।
पुरस्कार सिफारिस गर्नका लागि मुख्यसचिवको संयोजकत्वमा पुरस्कार सिफारिस समिति बनेको छ । जहाँ कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहने छन् ।सोही सिफारिस समितिले दिएको नाम मन्त्रिपरिषद्बाट निर्णय भएपछि छनौटमा परेका कर्मचारीलाई सरकारले पुरस्कार वितरण गर्छ ।

बिज्ञापन

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु नदेखिएकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने छ । त्यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि भने स्थायी सेवामा १० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेको, पछिल्लो १० वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, सम्पत्ति विवरण नियमित रूपमा पेस गरेकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने, निजामती सेवा पुरस्कारका लागि भने स्थायी सेवामा पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कासमुमा शतप्रतिशत अङ्क प्राप्त गरेकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने निजामती सेवा निमावलीमा उल्लेख गरिएको छ ।
सरकारले पछिल्लो आठ बर्षदेखि सर्वाेत्कृष्ट निजामती कर्मचारी भेट्न छाडेको छ । झण्डै ८० हजार बढी कर्मचारीको भीडमा सरकारले एउटै सर्वोष्कृष्ट कर्मचारी नभेटेको आठ बर्ष भयो । सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कार पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले पाएका थिए । त्यसयताका ८ वर्ष यो पुरस्कार दिइएको छैन ।
उसो त निजामती पुरस्कारकै सवालमा समेत अनेकन प्रश्नहरु उठिरहेका छन् । सरकारले प्रदान गर्दै आइरहेको निजामती पुरस्कार विवादित बन्दै आएको छ । हरेक बर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार ९५ प्रतिशत सिंहदरबारभित्रका कर्मचारी पर्ने,प्रदेश र स्थानीयतहमा कार्यरत कर्मचारी थोरै मात्र पर्ने कारण दुर्गममा बसेर जनताको सेवा गर्ने कर्मचारीहरुले आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।
सरकारी कर्मचारीहरु चाहिँ सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि राखिएका प्रावधानकै कारण कर्मचारी भेट्न गाह्रो रहेको तर्क गर्दछन् । सर्वोत्कृष्ट कर्मचारी पुरस्कार थाप्नका लागि निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरे,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,– पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको, सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको, असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको लगायतका प्रावधानहरु राखिएका छन्। पूर्वसचिव कृष्णहरि बाँस्कोटा पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्ने भन्ने नै नहुने बताउँछन् । निजामती सेवा ऐनमा निश्चित मापदण्ड रहेकाले त्यसैमार्फत सर्वोत्कृष्ट कर्मचारी छनोट गर्नुपर्ने बताउँछन् ।

बिज्ञापन

यस्तै निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको,पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको,पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,– सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको,असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको र पछिल्लो तीन वर्षभित्र गयल कट्टीमा नपरेको हुनुपर्ने व्यवस्था राखिएको छ भने निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको,पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको लगायतका प्रावधान राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

बिशेष