एकै पटक तीन सचिव पद रिक्त,को-को छन् बढुवाको लाइनमा ?

भदौं महिनामामात्र एकै पटक तीन सचिव पद रिक्त हुन पुगेको छ । एक सचिवले कार्यकाल बाँकी छँदै राजीनामा दिएसँगै र दुई सचिवहरु अनिवार्य अवकाशमा गएका कारण तीन सचिव पद रिक्त हुन पुगेको हो ।

बिज्ञापन

गत १५ भदौंमा सचिव सुरेश आचार्य ५८ बर्षे उमेर हद लागेर घर गएसँगै निजामती सेवामा एकै पटक तीन पद रिक्त हुन पुगेको छ । यस्तै गण्डकी प्रदेशको प्रमुख सचिव डा खगेन्द्रप्रसाद सुवेदी ५८ वर्ष पुगेर आजैबाट अनिवार्य अवकाशमा गएसँगै निजामती सेवामा तीन पद रिक्त हुन पुगेको छ ।

बिज्ञापन

मुख्य सचिव बन्ने लाइनमा रहेका सचिव भरतमणि सुवेदीले चार महिना अवधि बाँकी रहँदै पदबाट राजीनामा दिएसँगै प्रशासन सेवाको अर्काे पद पनि रिक्त हुन पुगेको छ ।
यस्तै आजैमात्र अर्काे सचिव पनि अनिवार्य अवकाशमा गएका छन्,खगेन्द्र सुवेदी । महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाशमा गएसँगै गत असार २ मा बसेको मन्त्रिपरिषद्को बैठकले दोश्रो नम्बरमा रहेका सुवेदीलाई सचिवमा बढुवा गरेको हो ।

यस अघि नै सुवेदीसहित बढुवाका लागि सहसचिवद्वय डण्डुराज घिमिरे र कृष्णप्रसाद काप्रिको नाम सिफारिस गरेको भए पनि दोस्रो नम्बरका सुवेदीले बाजी मारेका थिए । डण्डुको नाम पटक पटक गरी पाँच पटक सम्म सचिव बढुवाका लागि सिफारिस भएर पनि उनलाई गोकर्णमणि दुवाडीकै हालत बनाइएको छ ।

बिज्ञापन

रिक्त रहेको तीन सचिव पदमा उक्लनका लागि बरिष्ठ सहसचिवहरू डण्डुराज घिमिरे, कृष्णप्रसाद काप्री र बैकुण्ठप्रसाद अर्याल प्रतिस्पर्धामा छन्। यस्तै प्राविधिकतर्फ रिक्त हुन पुगेको एक पदमा चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंह प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष