प्रतिनिधि सभाले पारित गरेको यी व्यवस्था राष्ट्रिय सभाको समितिले उल्टायो

संघीय निजामती सेवा विद्येयकमा प्रतिनिधि सभाले राखेका कतिपय नयाँ प्रावधानलाई राष्ट्रिय सभाको विधायन समितिले उल्टाइदिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती विधेयकमा रहेका कुलिङ पिरियड,सुव्वा र सह सचिव तहमा खुला प्रतिष्प्रर्धा बन्देज,अतिरिक्त सचिवको व्यवस्था,बहालवाला कर्मचारीहरुले लोकसेवा तयारी कक्षा पढाउन पाउने व्यवस्था लगायतका केही प्रावधानहरु उल्टाइदिएको हो ।

बिज्ञापन

यस अघि तल्लो सदनले  नासु र सहसचिवको खुला प्रतिष्प्रर्धा बन्देज लगाउने व्यवस्था राखेको थियो ।  प्रतिनिधि सभाले यी दुई पदमा खुला प्रतिष्प्रर्धा बन्देज लगाएको थियो तर राट्रिय सभाको समितिले त्यो प्रावधानलाई उल्टाइदिएको छ । निजामती कर्मचारीमा नायब सुब्बा (नासु)मा खुला प्रतिस्पर्धाबाट समेत पदपूर्ति हुने व्यवस्था राख्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ । संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति जुटाएको हो ।

बिज्ञापन

यससँगै अब नायब सुब्बा पदमा पनि खुला प्रतिस्पर्धाका लागि ढोका खुलेको छ । यसअघि प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकको प्रतिवेदनमा नासु पदमा १०० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको थियो । तर, राष्ट्रियसभामा पुगेपछि यो व्यवस्था उल्टिएको हो । अब नासुमा १० प्रतिशत खुला प्रतिष्प्रर्धाको व्यवस्था राखिने भएको छ ।

नासु मात्र होइन, सहसचिव पदमा पनि समितिले १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जनाएको छ । यसअघि प्रतिनिधिसभाको प्रतिवेदनमा सहसचिव पदमा खुला प्रतिस्पर्धाको व्यवस्था थिएन । प्रतिनिधि सभाको निर्णयलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निणय गरेको हो । प्रतिनिधिसभाबाट पारित विधेयकको प्रतिवेदनले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको सहसचिवमा १० प्रतिशत खुला व्यवस्था हटाएर १५ प्रतिशत अन्तरतह र ८५ प्रतिशत बढुवाबाट सहसचिवमा पदपूर्ति गर्ने व्यवस्था गरेको थियो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भने मन्त्रालयले सुरुमा प्रस्ताव गरेकै व्यवस्थालाई कायम गरेको हो ।

बिज्ञापन

यस्का अलवा प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती सेवा विद्येयकमा अतिरिक्त सचिवको व्यवस्था गरिएको थियो । गत १५ असारमा पारित भएर राष्ट्रिय सभामा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० मा अतिरिक्त सचिव राख्ने व्यवस्था रहेको विधायन समितिले सो व्यवस्था हटाउने भएको हो । प्रतिनिधि सभाबाट पारित भएको व्यवस्थामा निजामती सेवामा १५ तह रहने र व्यवस्था गरेको थियो । समितिले अतिरिक्त सचिव आवश्यक छैन भन्ने निष्कर्षमा पुगेर नराख्ने भनेर सर्वसम्मत निर्णय गरेको टछ । यस अघि संघीय निजामती सेवा विद्येयकमा अतिरिक्त सचिव १३औँ तहको हुने गरी विधेयकको दफा ५ र ६ मा अतिरिक्त सचिव राख्ने व्यवस्था गरेको थियो । राष्ट्रिय सभाको विधायन समितिले अतिरिक्त सचिव हटाएको हो ।

लोकसेवा लगायत सरकारी सेवा प्रवेश परीक्षाको तयारी कक्षा पढाउन रोक लगाउने सरकारी प्रस्ताव प्रतिनिधि सभाले पारित गरेकामा विधायन व्यवस्थापन समितिका सांसद त्यसलाई पनि उल्ट्याउने तयारी गरेको हो ।
यस्तै अवकाश पछि हातहातै अर्काे नियुक्ति लिने व्यवस्थालाई समेत राष्ट्रिय सभाको समितिले उल्टाइदिएको छ । अवकाशको दुई बर्ष सम्म कुनै नियुक्ति लिन नपाइने प्रावधान विद्येयकमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय सभामा ‘फाइनल घडी’: भोलिसम्म संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी

विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

निजामती विधेयकको दफा ५८ मा किचलो,प्रस्ताव अस्वीकृत भएपछि बैंठक छाडेर हिडिन मन्त्री

प्रतिनिधि सभाले पारित गरेको यी व्यवस्था राष्ट्रिय सभाको समितिले उल्टायो

सचिवको विदाइमा पाँच तारे होटलमा रात्रीभोज

सार्वजनिक स्थानमै सुर्तिजन्य पदार्थ सेवन प्रतिबन्ध, तर सिंहदरबारमै नियम उल्लंघन

निजामती सेवामा उमेरहद : प्रतिनिधिसभाको निर्णय उल्टिए ९ सचिवलाई लाभ

उच्च प्रशासकहरुको स्वार्थ पूर्ति हुने गरी कर्मचारीको सेवा अवधि बढाउन मन्त्रीको प्रस्ताव,गिजोलिँदै विद्येयक

बिशेष