गृहबाट २२ उपसचिव आउट,पुगे स्थानीय तहमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १२२ उपसचिवको सरुवा गरिँदा २४ जना उपसचिवहरु गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पार्ने योजना अनुसार विभिन्न मन्त्रालय,निकाय,कार्यालयमा कार्यरत उपसचिवहरुलाइ नगरपालिकामा खटाइएको हो । यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर स्थानीय तहमा खटाइएको मन्त्री न्यौपानेको दावी छ ।
यसरी खटन पटन गरिँदा गृहमा रहेका २२ उपसचिवहरु स्थानीय तहमा पुगेका छन् । लामो समयदेखि गृहमा अतिरिक्त समुहमा रहेका ती उपसचिवहरुलाई स्थानीय तहमा खटाइएको हो । केही अन्यन्त्र दरबन्दी राखेर काजमा सिंहदरबारस्थित गृह मन्त्रालय अन्र्तगत कार्यरत रहेका उपसचिवहरु पनि सरुवामा परेका छन् । यसरी सरुवामा परेका उपसचिवहरुमा अनुज भण्डारी कञ्चनपुर नगरपालिका सप्तरी पुगेका छन् भने फणिन्द्र दाहाल धनगढीमाई नगरपालिका पठाइएको छ । विनोद कुमार पोखरेल गोलबजार,मुकेश कुमार केशरी सुखीपुर,चेतराज बराल शहिदनगर धनुषा,रुद्र प्रसाद नेउपाने गणेशमान चारनाथ धनुषा,कमल प्रसाद पाण्डेय सबैलामा पुगेका छन् ।
प्रर्दशनी कुमारीलाई पोखरिया नगरपालिका,सागर शाहलाई बहदुरमाई नगरपालिकामा खटाइएको छ भने शेखर पौडेल माधवनारायण नगरपालिकामा पुगेका छन् । तुलशी प्रसाद दाहाल इशनाथ नगरपालिकामा सरुवा हुँदा पुष्कर राना राजपुर पुगेका छन् । गणेश नेपालीलाई कटहरिया नगरपालिका,नारायण पाण्डेयलाई देवाही गोनाही नगरपालिकामा पुर्याइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,गृहबाटै मातृका आचार्य गौर पुर्याइएको छ । सूर्य प्रसाद उपाध्यायलाई गलकोट पठाइँदा चिरञ्जिवी राना मधुवन,रोमबहादुर महत भेरी नगरपालिकामा सरुवा गरिएको छ ।
पर्शुराम पोखरेललाई चन्दनाथ,कुलबहादुर जिसी दुल्लु,अध्यागमनबाट केही महिना अगाडि भित्रिएका तारानाथ पनेरु बुंगल नगरपालिकामा पुर्याइएको छ भने सत्यराज जोशी त्रिवेणी नगरपालिका पुगेका छन् । राजेन्द्र प्रसाद पन्थीलाई भजनी नगरपालिका,अनोज कुमार घिमिरेलाई अर्जुनधारा नगरपालिकामा पुर्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष