सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिकहरु फरार,छैन भगौडा कर्मचारीको विवरण

पछिल्लो समय अध्ययन बिदा लिएर गएका कर्मचारीहरुमध्ये झण्डै एक तिहाई बिदेशै बस्ने र नफर्कने गरेको पाइएको छ । निजामती किताबखानाका महानिर्देशकको जिम्मेवारीमा सुधारवादी प्रशासक श्रवणकुमार पोखरेल पुगेसँगै यस्तो तथ्य बाहिर आएको छ ।
अध्ययन बिदा स्वीकृत गराएर र विदेश भासिने र नफर्किने प्रवृत्ति बढ्दै गएको भेटिएको हो । यही भीडमा कृषि सेवाका पाँच कर्मचारीहरु थपिएका छन् ।
अध्ययन बिदा लिएर विदेश पुगेका वर्षौदेखि गैरहाजिर रहेका पाँच कर्मचारीहरुलाई नेपाल कृषि अनुसन्धान परिषद्ले साता दिनको समय दिएर लिखित स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो ।

बिज्ञापन

यसरी स्पष्टिकरण सोधिएकाहरुमा परिषद्को पहाडी बाली अनुसन्धान कार्यक्रमअन्तर्गत काभ्रे र दोलखामा कार्यरत किरण बराल, ललितपुरस्थित राष्ट्रिय व्यवसायिक बाली अनुसन्धान केन्द्रका राजु चौधरी र शुसिलकुमार गैरे, दैलेखको बागवानी अनुसन्धान केन्द्रका विकास घिमिरे र चितवनको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका बुद्धिबहादुर अछामी रहेका छन् ।

बिज्ञापन

यसरी सबैभन्दा बढी अध्ययन बिदा तथा असाधारण लिएर अध्ययनका लागि जाने र स्वदेश नफर्कनेमा प्राविधिकतर्फका कर्मचारीहरु बढी रहेका छन् । विशेष गरी प्राविधिकतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र इन्जिनियरिङ सेवातर्फका कर्मचारीहरु बढी रहेका मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगिताबाट कर्मचारीलाई सेवा अवधिभरमा एकैपटक वा पटक पटक गरी ३ वर्षसम्म अध्ययन बिदा दिने गरिन्छ । तलबी तथा बेतलबी बिदा लिएर विदेश पढ्न गएका कर्मचारीहरु उतै पलायन हुने क्रम बढ्दो छ तर नेपालमा १० वर्षमा जोगिने पैसा विदेशमा एकै वर्षमा कमाइ हुने भएपछि कर्मचारीहरूले जागिर र मुलुक छोड्ने क्रम अत्यास लाग्दो रुपमा बढ्दो छ । त्यसरी स्वदेशी खर्चमा विदेश पढ्न पुगेका कर्मचारीलाई नफर्कदा उनीहरु समातेर ल्याएर राख्ने कानुन समेत छैन् ।

बिज्ञापन

सरकारी कोटामा कति कर्मचारी, कुन देशमा, कहिले पढ्न गए र कहिले फर्कन्छन् भन्ने विवरण समेत कुनै सरकारी निकायसँग छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष