सरकारले सचिव भरतमणि सुवेदीको राजीनामा स्वीकृत गरेको छ । चार महिना सेवा अवधि बाँकी रहँदै सचिव सुवेदीले दिएको राजीनामा हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
मुख्य सचिवको प्रवल दावेदारका रुपमा हेरिएका सचिव सुवेदीले हठात पदबाट राजीनामा दिएका हुन । सुवेदी पाँच बर्ष सेवा अवधि पूरा गरेर आगामी पुसमा मात्र अनिवार्य अवकाशमा जाने थिए तर चार महिना सेवा अवधि बाँकी रहेका र मुख्य सचिवका प्रवल दावेदार मानिएका उनको हठात राजीनामालाई अनेकन कोणबाट हेर्न थालिएको छ ।
बिज्ञापन
त्यस अगाडि नै वर्तमान मुख्य सचिव एकनारायण अर्याल आगामी मंसिरमा अनिवार्य अवकाशमा जानेछन् । सिनियरका आधारमा मुख्यसचिव अर्याल अनिवार्य अवकाशमा गएसँगै मुख्य सचिवका प्रवल दावेदार मानिएका सुवेदीले हठात राजीनामा दिएका हुन ।
बिज्ञापन
सुवेदी हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रहेका भरतमणि सुवेदीले सचिवको जिम्मेवारीमा रहेका छन् । यस अघि निर्वाचन आयोग,सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिव चलाइसकेका र भावी मुख्य सचिवका प्रवल दावेदार मानिएका सुवेदीको हठात राजीनामा दिएका हुन ।
उसो त यसरी जागिर अवधि बाँकी छँदै पदबाट राजीनामा दिने प्रवृत्ति पछिल्लो समयमा बाक्लिदो छ । निजामती किताबखानाको तथ्यांक अनुसार पछिल्लो १० बर्षमा ३२ जना सचिवहरुले जागिर अवधि बाँकी हुँदै पदबाट राजीनामा दिएका छन् ।