जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

सहकारी ठगीमा संलग्न रहेका गीतेन्द्रबाबु (जीवी) राईलाई विदेश भगाए वापत सरकारले सहसचिव नमराज घिमिरेलाई पुरस्कृत गरेको छ । सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरेहरुकै मिलेमतोमा भगाइएका थिए जिवी राई ।

बिज्ञापन

रविको चर्को दबाबमा, तत्कालीन रजिष्ट्रार अर्थात सहसचिव नमराज घिमिरेले भगाएका थिए जीबीलाई। जसले जिबीको राहदानी रोक्का गर्यो, उसैले हप्ता दिनमै खोलेको भेटिन्छ । घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा उनको राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेका थिए । जिबी राईविरुद्ध एकपछि अर्को उजुरी परिरहेका बेला त्यसरी नाटकीय रुपमा उनलाई विदेश भगाइएको थियो । हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले सहकारी अध्यक्ष राईसहित सञ्चालक समितिको राहदानी रोक्का राख्न पत्राचार गरेको थियो । उनै घिमिरेले यसरी अध्यागमन विभागलाई पत्राचार नगरेको भए अहिले जिवी रविहरुसँगै जेलमा कोचिरहेका हुन्थें ।

बिज्ञापन

त्यसको आठ दिनमै राहदानी फुकुवाका लागि सहकारी विभागले जीबी राईका मात्रै राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेको प्रमाण सार्वजनिक भइसकेको छ । सञ्चालक समितिका सात जनाको राहदानी रोक्का राख्न २० असार २०८० मा अध्यागमन विभागमा पत्राचार गरेको थियो । तर, २८ असार २०८० मा जीबी राईको मात्रै राहदानी फुकुवा गर्न सहकारी विभागले अध्यागमन विभागलाई पत्रचार गरेको थियो ।

जिबीको राहदानी रोक्का भएको आठ दिनमै संघीय सहकारी विभागले अध्यागमन कार्यालयलाई पत्र लेखेरै भाग्ने बाटो खोलिएको तथ्यलाई सांसद सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले यो बिषयलाई उजागर गरेको भएपनि उनै घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेर सहकारीसम्बन्धि कानून संशोधन कार्यदलको सदस्य सचिव हुँदै गृहमा लगेर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

घिमिरे ०७९ माघ २६ देखि २०८० मंसिर १४ सम्म सहसचिव घिमिरे संघीय सहकारी विभागको रजिष्ट्रारका रुपमा कार्यरत थिए । उनी यस अघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,यातायात व्यवस्था विभागको महानिर्देशक र संघीय सहकारी विभागको रजिष्ट्रार,प्रधानमन्त्री कार्यालय,गृह हुँदै अहिले भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा पुगेका हुन ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिविपरीत घिमिरेलाई भक्तपुरको सिडिओ बनाएकोप्रति गृहकै कर्मचारीहरुले असन्तृष्टि पोख्न थालेका छन् । गृह प्रवेश गर्ने वित्तिकै उनी उपत्याकाको सिडिओ बन्न अवसर पाएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष