शहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय युपी लामिछानेका अगाडि मन्त्रालयका सचिव र सहसचिव निरिह बन्न पुगेका छन् ।मन्त्रालयका दुई दर्जन बढी कर्मचारीहरु महिनौंदेखि जिम्मेवारीविहिन छन्,उनै मन्त्रीका पिए हावी हुँदा दर्जनौं कार्यालयबाट निमित्त प्रमुखहरुलाई फिर्ता गर्न सकिएको छैन । अर्बाैको आयोजनाहरु निमित्त हाकिमलाई जिम्मेवारी दिएर मन्त्रालयका उपसचिवहरुलाई ६० दिनभन्दा बढी समयदेखि जिम्मेवारविहिनमात्र राखिएको छैन कि उनीहरुले तलब समेत पाउन सकेका छैनन् ।
बिज्ञापन
मन्त्रीका स्वकीय हाबी हुँदा मन्त्रालयको कर्मचारी प्रशासन भताभुङ्ग र लथालिङ्ग हुन पुगेको छ । सो मन्त्रालयका झण्डै दुई दर्जन कर्मचारीहरु बरण्डामा छन् । मन्त्रालयमा गत आर्थिक बर्षमै नयाँ नियुक्ती पाएका ८ सिडिईसहित संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रलयले विभिन्न समयमा अन्य निकायबाट सरुवा गरी पठाएका सुई, सिडिई र इन्जिनियर गरी लगभग २५ जना कर्मचारीहरूलाई विगत २ महिना भन्दा लामो समय देखी पदस्थापन र जिम्मेवारी पाउन नसकेका हुन ।
बिज्ञापन
सचिव गोपाल सिग्देल,कर्मचारी प्रशासन महाशाखा प्रमुख नारायण मैनालीहरु यूपीका अगाडि लाचार हुँदा दुई दर्जन बढी कर्मचारीहरु जिम्मेवारविहिन छन् । त्यही मन्त्रालयमा आधा दर्जन कर्मचारीले दोहोरो जिम्मेवारी दिइएको छ भने झण्डै एक दर्जन कार्यालय तथा आयोजनाहरुमा निमित्तको भरमा चलाइरहेका छन ।
मन्त्रालयका अनुसार अहिले उपसचिव तहका कर्मचारीहरुमा अनुपम भट्टराई,मोनिका महर्जन,आशिष केसी,सुर्दशन न्यौपानेहरुले जिम्मेवारी पाउन सकेका छैनन् । कर्मचारीहरुका अनुसार, दुई महिनादेखि जिम्मेवारी नपाएका कर्मचारीहरूले मन्त्रालयमा हाजिर भएको अवधिको तलब भत्ता समेत पाउन सकेका छैनन् ।
यता संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय (धनुषा र सुर्खेत) तथा सघन शहरी तथा भवन निर्माण आयोजना (धनकुटा र बाँके) मा ओ एन्ड एम सर्भे गरी राप द्वितीय तहको आयोजना प्रमुख रहने व्यवस्था गरेता पनि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन र उपमहानिर्देशक प्रकृण तुलाधर समेतको मिलेमतोमा स्वीकृत दरबन्दी विपरित राप तृतीय श्रेणीका इन्जिनियरलाई अनधिकृत रूपमा कानुनी व्यवस्था विपरित कायम मुकायम तथा निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यसरी निमित्तको जिम्मेवारी पाउने मध्ये संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, धनुषाको जिम्मा पाएका विनोद कुमार यादवको उक्त पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता (सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरमा स्नातक उपाधी प्राप्त हुनुपर्ने) समेत पुगेको छैन । शहरी विकास मन्त्रालयमा ३ वटा, शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्रमा २ वटा, शहरी विकास तथा भवन निर्माण विभागमा ३ वटा तथा निमित्त दिएका कार्यालय र आयोजनामा ४ वटा राप द्वितीय श्रेणीको पद रिक्त अवस्थामा रहेको देखिन्छ ।
बिज्ञापन
शहरी मातहतको कार्यालयमा नियुक्ति नै बोल कवोलका आधारमा चलिरहेको उपसचिवहरु बताउँछन् । मन्त्रालयमा दर्जनौ उपसचिवहरु काम नपाएर अतिरिक्त समूहमा थन्काइएका छन् तर बढी वजेट भएका एक दर्जन योजना तथा कार्यालयहरुमा अधिकृतलाई निमित्त दिएर उठ्ती पुट्ती चलाइएको छ । यस्को उदाहरण जनकपुरमा विनोद यादब, धनुकटामा सुमन मिश्र, सुर्खेतमा कमल दर्लामी तथा बाँकेमा रामकृष्ण आचार्यलाई निमित्त दिएबाट पनि लिन सकिन्छ ।
स्वकीय सचिवहरुलाई मन्त्री क्वार्टरमा बस्नु पर्ने हो तर यूपि मन्त्रालयमा बसेर कर्मचारी खटन पटनमा सक्रिय छन् । मन्त्रालयको गाडी, सवारी चालक तथा इन्धनमा चरम दोहन मच्चाइरहेका छन् । कतिसम्म भने,भवन विभाग भित्र उनले एउटा भव्य सम्पर्क कार्यालय बनाएका छन् । उनी दिनहुँजसो उक्त कार्यालयमा पुग्ने गर्छन । त्यो कार्यालय बनाउनकोलागि आन्तरिक साजसजावटमा मात्रै ५० लाख रुपैयाँ खर्च भएको स्रोतले जनाएको छ । कर्मचारीहरुसँग सेटिङ मिलाउन उनी सोही कार्यालय पुग्ने गर्दै आएका छन । मन्त्रालय र विभागले गर्ने प्राय सबै निर्णय र काममा उनको हस्तक्षेप चल्दै आएको छ । उपप्रधानमन्त्री सिंहलाई उनले यसरी दुरुपयोग गरीरहेका छन कि, सिंहलाई अहिलेसम्म ६२ वटा कार्यक्रममा उद्घाटन गर्न लगाएका देख्दा मन्त्रालयका कर्मचारी चकित छन् । वर्ष दिन अघि बनिसकेका भवनका समेत उद्घाटन गर्न लगाएका छन् । राम्रा र रचनात्मक कार्यक्रममा मन्त्री सिंहलाई संलग्न गराउने गरेका छैनन, त्यसैले मन्त्री सिंहको कार्यसम्पादन निकै कमजोर देखिएको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सहरी विकास मन्त्री फेर्न चाहेका छन । तर नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको जोडबलले मात्र सिंह टिकिरहेका छन् ।
उता उनै यूपिले आफ्नै गाउँमा २० करोडको योजना हालेको भेटिएको छ । काठमाडौंको जर्सिंङ पौवामा २० करोड रुपैयाँमा भव्य र ठूलो रंगशाला बनाउन वजेट छुट्टयाउने मन्त्रीका पिए हुन्,युपि लामिछाने । उनको घर काठमाडौंको जर्सिङ पौवामै पर्दछ । सोही क्षेत्रमा प्रभावमा जमाउन आफ्नै गाउँ घरमा रंगशाला बनाउन उनले २० करोड वजेट लगेको भेटिएको हो । जर्सिंङ पौवा, काठमाडौबाट करिब ३० किमि दुरीमा अवस्थित छ । त्यहाँ पुग्न झण्डै डेढ देखि २ घण्टा समय लाग्छ । बाटो एक लेनको मात्र छ । खेलकुद क्षेत्रका जानकारहरु भन्छन्,त्यहाँ रंगशाला बनाउने कुरा नै हावादारी हो । एक त स्थान नै अपायक,अर्कोतिर खेलुकद मन्त्रालयसँग समन्वय र सरसल्लाह विना नै उनै यूपिकै लहड र सनकका भरमा २० करोड खन्याइएको हो । यो यस विषयमा युपिले उल्टै हास्यस्पद तर्क पेश गर्दछन्, ‘खेलाडीहरु हिमाल हेर्दै जर्सिङ पौवामा खेल खेल्ने छन’ तर मन्त्रालयका अधिकारीहरु व्यग्य गर्दै भन्छन्,‘हिमाल र्हेन चाहनेहरु टे«किङ जान्छन, जर्सिङ पौवा पुग्दैनन्’ । मानौ जर्सिङ पौवामा भव्य खेल मैदान बन्यो, तर त्यसलाई खेलकुद मन्त्रालय, खेलकुदसँग सम्बन्धित कार्यालयहरुले चिनेन र त्यहाँ खेलका कार्यक्रम नै भएनन भने के हुन्छ ? २० करोड रुपैयाँ खोलामा जान्छ । केबल मन्त्रीको पिएको गाउँमा जग्गाको मूल्य बढ्छ । त्यहाँ उनको प्रभाव बढ्छ । जर्सिङ पौवामा रंगशाला बनाउने योजना एकदमै अनुत्पादक हो भन्ने मन्त्रालयका सचिव गोपाल सिग्देललाई पनि थाहा नभएको होइन तर युपीको अगाडि उनी पनि निरिह छन्,बोल्न सक्दैनन् ।