२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदहरुको माग आकृति फाराम भरेर पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयलाई चालु आर्थिक बर्ष ८२ /८३ मा रिक्त हुने निजामती सेवाको पदहरुको पूर्तिका लागि माग आकृति फाराम पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त निजामती सेवाका पदाहरुको पूर्ति गर्ने प्रयोजनका लागि महालेखाले सञ्चालन गर्ने सेवा, समूह, उपसमूह अन्तर्गत विभिन्न निकायमा रहेका सहसचिव र उपसचिव (प्राविधिक तथा अप्राविधिक) तहको रिक्त पदहरुको विवरण खुल्ने माग आकृति फाराम भरी आगामी भाद्र २० गते भित्र उपलब्ध गराई दिन परिपत्र गरेको हो ।

बिज्ञापन

सामान्य प्रशासनको सचिवस्तरको निर्णय अनुसार माग आकृति फाराम पठाउँदा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई राष्ट्रिय कितावखाना (निजामती) मा दर्ता भएका पदहरुलाई मात्र समावेश गर्न र किताबखानाको अद्यावधिक विवरणसँग भिडाउन एवम् आफ्नो सेवा समूह उपसमूहका पदहरु बन्य निकायमा कार्यरत रहेको भए सो समेत समावेश गरी मन्त्रालयको इमेल ठेगानामार्फत समेत अनिवार्य रुपमा पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष