मन्त्रीको पिएको गाउँमा २० करोड बजेट

पछिल्लो समय केपी ओली गठबन्धनका मन्त्रिपरिषद्का एक पछाडि अर्काे मन्त्रीका स्वकीयहरु विवादमा मुछिन थालेका छन् ।
केही दिन अगाडि मात्र उद्योग मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकबहादुर भण्डारी पदमुक्त भएका छन् । जनै पूर्णिमाको दिन राजधानीको एउटा नाइट क्लबमा युवतीलाई बोक्दै उचाल्दै नाचेको भिडियोसहित समाचार सामाग्री प्रकाशन भएसँगै उनलाई जिम्मेवारीबाट पदमुक्त गरिएको छ । यो सँगै भण्डारी विरामी परेका छन् ।

बिज्ञापन

यस्तै उर्जामन्त्री दीपक खड्काका सचिवालयका समेत विवादित कर्मचारीहरु जिम्मेवारीबाट हटाइएका छन् । मन्त्री खड्काको सचिवालयमा मात्र ११ जनाको जम्मो टोली खडा गरिएको थियो । मन्त्रीसहित सचिवालयले १० वटा सरकारी गाडी दुरुपयोग गर्दै आएका थिए ।
तिनैमध्येका भूपाल बस्नेतले साउन १ गतेदेखि जागिरबाटै हात धोएका छन् । यस्तै ऊर्जा मन्त्रालयको आर्थिक सल्लाहकारका रुपमा कार्यरत सेवक पोखरेलको समेत जिम्मेवारी खोसिएको छ ।

बिज्ञापन

यस्तै गृहमन्त्री रमेश लेखकका स्वकीय सचिवमाथि समेत कर्मचारी सरुवामा अनुचित लाभ लिँदै आएको आरोप लाग्दै आएको छ । यस्तै स्वकीय सचिवहरुकै कारण एक पछि अर्काे मन्त्रीहरु बदनाम हुँदै आएका छन् ।

वर्तमान ओली नेतृत्वको सरकारका उपप्रधानसहित शहरी विकासमन्त्रीको जिम्मेवारीमा रहेका प्रकाशमान सिंहका स्वकीय यूपि लामिछानेका कार्यशैलीप्रति समेत शहरीका कर्मचारीहरु आजित बन्न पुगेका छन् ।

बिज्ञापन

यूपिले आफ्नै गाउँमा २० करोड बजेट हालेको भेटिएको छ । मन्त्री प्रकाशमानले बजेटमा ‘बा’का नाममा ४० योजनालाई ७८ करोड छुट्टाएका कारण आलोचना खेपिरहेका छन् । यसैगरी आफ्नै पालिका र वडामा २८ करोड बजेट छुट्टाउने सहसचिव राजेन्द्रदेव पाण्डे अहिले गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको जगेडा हुँदै अहिले नेपाल ट्रष्टमा ल्याइएको छ । ठीक उही शैलीले एक मन्त्रीका पिएले समेत आफ्नो हात जगन्नाथ शैलीमा आफ्नै गाउँमा २० करोडको योजना हालेको भेटिएको छ ।

आफ्नै गाउँ ठाउँमा विकासको योजना लैजानु कुनै नराम्रो बिषय होइन तर ती योजना उत्पादनमुलक छन कि आफ्ना आसेपासे पोस्नका लागि मात्र ? यो महत्वपूर्ण प्रश्नको बिषय हो ।

यसरी चालु आर्थिक बर्षको बजेटमा काठमाडौंको जर्सिंङ पौवामा २० करोड रुपैयाँ बजेट हालेको भेटिएको हो । यूपि काठमाडौंको जर्सिङ पौवाकै हुन । सोही क्षेत्रमा प्रभावमा जमाउन आफ्नै गाउँ घरमा रंगशाला बनाउन उनले २० करोड वजेट लगेको भेटिएको हो । जर्सिंङ पौवा, काठमाडौबाट करिब ३० किमि दुरीमा अवस्थित छ । त्यहाँ पुग्न झण्डै डेढ देखि २ घण्टा समय लाग्छ । बाटो एक लेनको मात्र छ । खेलकुद क्षेत्रका जानकारहरु भन्छन्,त्यहाँ रंगशाला बनाउने कुरा नै हावादारी हो । एक त स्थान नै अपायक,अर्काेतिर खेलुकद मन्त्रालयसँग समन्वय र सरसल्लाह विना नै उनै यूपिकै लहड र सनकका भरमा २० करोड खन्याइएको हो ।

यो यस विषयमा युपिले उल्टै हास्यसपद तर्क पेश गर्दछन्, ‘खेलाडीहरु हिमाल हेर्दै जर्सिङ पौवामा खेल खेल्ने छन’ तर मन्त्रालयका अधिकारीहरु व्यग्य गर्दै भन्छन्,‘हिमाल र्हेन चाहनेहरु ट्रेकिङ जान्छन, जर्सिङ पौवा पुग्दैनन्’ । मानौ जर्सिङ पौवामा भव्य खेल मैदान बन्यो, तर त्यसलाई खेलकुद मन्त्रालय, खेलकुदसँग सम्बन्धित कार्यालयहरुले चिनेन र त्यहाँ खेलका कार्यक्रम नै भएनन भने के हुन्छ ? २० करोड रुपैयाँ खोलामा जान्छ । केबल मन्त्रीको पिएको गाउँमा जग्गाको मूल्य बढ्छ । त्यहाँ उनको प्रभाव बढ्छ । जर्सिङ पौवामा रंगशाला बनाउने योजना एकदमै अनुत्पादक हो भन्ने मन्त्रालयका सचिव गोपाल सिग्देललाई पनि थाहा नभएको होइन तर युपीको अगाडि उनी पनि निरिह छन्,बोल्दैनन् ।

उसो त अहिले शहरीमा छाया मन्त्रीका रुपमा युपिको दवदवा रहेको मन्त्रालयका कर्मचारीहरु सुनाउँछन् । मन्त्रालयमा दर्जनौ उपसचिवहरु काम नपाएर अतिरिक्त समूहमा थन्काइएका छन् तर बढी वजेट भएका एक दर्जन योजना तथा कार्यालयहरुमा अधिकृतलाई निमित्त दिएर उठ्ती पुट्ती चलाइएको छ । यस्को उदाहरण जनकपुरमा विनोद यादब, धनुकटामा सुमन मिश्र, सुर्खेतमा कमल दर्लामी तथा बाँकेमा रामकृष्ण आचार्यलाई निमित्त दिने काममा समे्त उनै यूपिको अग्रसरता रहेको शहरीका कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष