कार्यन्वयनका लागि पठाइयो ‘कुलिङ अफ पिरियड’ छेडखानी विरुद्धको छानबिन प्रतिवेदन

सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ ।

बिज्ञापन

सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम छानबिन प्रतिवेदन कार्यान्वयनका लागि आइतबार सम्बन्धित निकायमा पठाइएको हो ।  सभामुख घिमिरेले शुक्रबार कांग्रेस सांसद जीवन परियार सभापतित्वको ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउन निर्देशन देखिएका थिए । घिमिरेको निर्देशन अनुसार सङ्घीय संसद् सचिवालयले कार्यान्वयनका लागि पठाएको हो ।

बिज्ञापन

‘कलिङ अफ पिरियड’ छेडखानीमा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिनुभएको छ ।

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था निष्क्रिय हुने गरी विधेयकमा व्यवस्था राखिएपछि त्यसविरुद्ध कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा प्रतिनिधिसभाले गत असार २३ गते समिति बनाएको थियो । समितिले २९ दिन लगाएर प्रतिवेदन तयार पार्दै साउन २० गते प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको थियो ।

बिज्ञापन

प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक दोषी देखाइएको थियो । समितिका सचिव सुरज दुरा तथा प्रतिवेदन लेखनमा संलग्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव मिरा आचार्य र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुवासकुमार भट्टराईलाई दोषी देखाइएको छ ।

त्यस्तै नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले पदीय आचरण विपरीत काम गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष