डिजी फेरिए लगतै अगाडि बढ्यो रवि लामिछानेको जेल सरुवा प्रक्रिया

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए लगतै रवि लामिछानेको जेल स्थान्तरण प्रक्रिया अगाडि बढेको छ ।

बिज्ञापन

गत जेठ तेस्रो साता भैरहवाका जेलर सुरेश भण्डारीसमक्ष रवि लामिछानेले जेल स्थान्तरणका लागि निवेदन बुझाएका थिए ।

बिज्ञापन

गत चैत २२ गते जिल्ला अदालतले छविलाल जोशी बञ्जाडेसँगै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले कारागार स्थानान्तरण प्रक्रिया अगाडि बढेको हो ।
उनलाई अहिले कारागारको चार नम्बर ब्लकमा एक्लै राखिएको छ । यस अघि गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले जारी गर्न नमानेपछि काठमाडौं सरुवाका निम्ति अनुरोध गरेका थिए । स्वास्थ्य र गर्मीको कारण देखाएर जेल सर्न खोजेका उनको सो निवेदन प्रक्रिया अलपत्र पर्दै आएको थियो । यस अघि डिल्लीबजार कारागार सार्न खोजिएकोमा अब नख्खु सारिने भएको हो ।

यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । कारागार विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई हुँदा उनको जेल स्थान्तरण रोकिएको थियो । भट्टराई सरुवा भएर निर्वाचन आयोगमा पुगेका छन् भने उनको स्थानमा लीलाप्रसाद शर्मा नियुक्त भएका छन् ।
डिजी फेरिए लगतै रवि लामिछानेको जेल स्थान्तरण अगाडि बढेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष