१३ हजार घुससहित कार्यालय सहयोगी पक्राउ,अनुसन्धानको घेरामा कार्यालय प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालय सहयोगीलाई १३ हजार घुससहित पक्राउ गरेको छ ।
टंगालबाट खटिएको टोलीले नापी कार्यालय कलकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुस रकमसहित नापी कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

बिज्ञापन

 

बिज्ञापन

काठमाडौंको चन्द्रागिरि नगरपालिका १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोली त्यहाँ पुगेको थियो ।

आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल १ थान र कार्यालय सहयोगी कुँवरको साथबाट घुसवापत लिइएको १३ हजार नगन र मोबाइल १ थान बरामद गरेको छ ।

बिज्ञापन

कार्यालय सहयोगीको घुसको कनेक्सन कार्यालय प्रमुख केशवराज लेखकसम्मै रहेको आशंकामा उनको मोवाइल समेत बरामद गरेको छ । अख्तियारले मोवाइलको फरेन्सिक ल्याब परीक्षण गरी कार्यालय प्रमुख र सर्भेक्षकको समेत कनेक्सन रहेनरहेको बारेमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष