अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालय सहयोगीलाई १३ हजार घुससहित पक्राउ गरेको छ ।
टंगालबाट खटिएको टोलीले नापी कार्यालय कलकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुस रकमसहित नापी कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
बिज्ञापन
बिज्ञापन
काठमाडौंको चन्द्रागिरि नगरपालिका १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोली त्यहाँ पुगेको थियो ।
आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल १ थान र कार्यालय सहयोगी कुँवरको साथबाट घुसवापत लिइएको १३ हजार नगन र मोबाइल १ थान बरामद गरेको छ ।
बिज्ञापन
कार्यालय सहयोगीको घुसको कनेक्सन कार्यालय प्रमुख केशवराज लेखकसम्मै रहेको आशंकामा उनको मोवाइल समेत बरामद गरेको छ । अख्तियारले मोवाइलको फरेन्सिक ल्याब परीक्षण गरी कार्यालय प्रमुख र सर्भेक्षकको समेत कनेक्सन रहेनरहेको बारेमा अनुसन्धान गरिरहेको छ ।