संघले खटाएका उपसचिवलाई प्रदेशले दिएन जिम्मेवारी

संघीय सरकारले खटाएका कर्मचारीहरुले महिनौं दिनसम्म समेत प्रदेश सरकारले जिम्मेवारी दिन सकेको छैन । यस्तो लफडा देखिएको हो कोशी प्रदेशमा । विभिन्न निकायमा पद रिक्त हुँदाहुँदै प्रदेश सरकारले संघीय सरकारले पठाएका दुई उपसचिवलाई बरण्डामा राख्दै आएको छ ।

बिज्ञापन

प्रदेश सरकारले संघीय सरकारले खटाएका उपसचिवद्धय जानुका न्यौपाने र उर्मिला निरौला पोखरेल प्रदेशमा कुनै जिम्मेवारी दिन नसकेको हो । यो पनि महिनाभन्दा लामो समय भइसकेको छ,ती कर्मचारीहरु कार्यालय जाने,हाजिर गर्ने र फर्कने दैनिकी बन्न पुगेको छ ।
यस्का अलवा हालै लोकसेवा परीक्षा उत्र्तिण भएका दुई गरी चार उपसचिवलाई कुनै जिम्मेवारी दिन नसकेको हो । प्रदेश लोकसेवा लडेर उपसचिवमा नियुक्त भएका भूपेन्द्र खनाल र डिल्ली सन्जेल महिनौ दिनदेखि अतिरिक्तमा थन्काइएको छ ।

बिज्ञापन

कोशी प्रदेशका कर्मचारीहरुका अनुसार खनाल अहिले कृषि मन्त्रालयमा र सन्जेल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अतिरिक्त समूहमा थन्काइएका छन् । कोशी प्रदेश सरकारलाई कर्मचारी खटन पटनमा सकस पर्दै आएको देखिएको छ । विभिन्न कार्यालयहरु रिक्त हुँदा हुँदै पनि प्रदेश सरकारले संघ सरकारले खटाएका र प्रदेश लोकसेवा लडेर नियुक्त भएका उपसचिवहरुलाई जिम्मेवारी दिन नसकेको हो । सो प्रदेशका यातायात कार्यालय मोरङ, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा तथा उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तरगत सहकारी रजिस्ट्रार तथा प्रशिक्षण लगायतका कार्यालयहरू प्रमुख विहीन अवस्थामा रहे पनि अतिरिक्तमा थन्काइएका कर्मचारीहरुलाई महिनौ दिनदेखि जिम्मेवारी दिन नसकेको हो,प्रदेश सरकारले ।

कोशी प्रदेशमा अस्थायी समेत गरेर ३१ जना उपसचिवको दरबन्दी रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

त्रिवि अध्यागमनबाट डेढ महिनामै तानिएका कोइरालाई गृहमन्त्रीद्धारा पुरस्कृत

सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तभित्रै आवेदन दिनुपर्ने

उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायधीश सिफारिस

मन्त्री बलराम अधिकारीलाई तत्काल बर्खास्त नगरे संघर्षमा उत्रिने चेतावनी

संघले खटाएका उपसचिवलाई प्रदेशले दिएन जिम्मेवारी

बागमतीमा सरकारले दियो आइतबार सार्वजनिक बिदा

लोकसेवाबाट सिफारिस, नियुक्तिपछि बेकाम: सचिव सिग्देलको मौनता विवादास्पद

‘अब कर्मचारी सरुवा विधि प्रक्रियाबाटै हुन्छ, मन्त्री- सचिवको भनसुन चल्दैन्’

बिशेष