प्रदेशका सचिव सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

कर्णाली प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्नेदेखि सचिव सरुवा लगायतका विभिन्न पाँच निर्णय गरेको छ ।

बिज्ञापन

पछिल्लो मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन साउन २१ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिज्ञापन

त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागजमा खटाउने निर्णय गरिएको छ।

सर्वोच्च अदालतको परमादेश (मिति २०८२ जेठ ७० अनुसार, जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

बिज्ञापन

यससँगै, पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारका अनुसार सो कार्यविधिका आधारमा आगामी दिनमा पत्रकारिता क्षेत्रका श्रम र योगदानलाई मूल्यांकन गरी पुरस्कार प्रदान गरिनेछ।

साथै, प्रदेशका कार्यालयहरूमा सूचनाको हक कार्यान्वयन भएरनभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष