मध्यराती रास्वपा र एमालेका सांसदबीच झण्डै हात हालाहाल

संघीय निजामती सेवा विद्येयकमा भएका कतिपय प्रावधान छेडखानीका बिषयमा छानबिन गर्न गठन गरिएको समितिका सदस्यहरुबीच झण्डै हात हालहाल भएको छ ।
२९ दिन लगाएर समितिले प्रतिवेदन तयार पारेको छ र आजै प्रतिनिधि सभामा पेश गर्ने तयारी चल्दैछ । सोही प्रतिवेदन तयार गर्ने क्रममा राजनीतिक दल हावी हुँदा सांसदहरुबीच हात हालहालको स्थिति आएको छ ।

बिज्ञापन

यस अघि निजामती विद्येयकमा कुलिङ पिरियडको प्रावधान छेडखानी मानवीय त्रुटीमात्र नभएको र गम्भीर लापरवाही भएको निष्कर्षमा समितिमा रहेका सातै सदस्यको एक मत थियो । जब सत्ताधारी दल एमाले र काँग्रेसले सचेतकहरुले एमाले र काँग्रेसका समितिका सदस्यहरुलाई यसमा जोडिएका प्रशासक र सांसदहरुलाई जोगाउने गरी प्रतिवेदन तयार गर्न भने त्यही पछि कुरा विग्रन शुरु भएको थियो ।

बिज्ञापन

प्रतिवेदनको निष्कर्ष लेख्ने क्रममा काँग्रेसका सांसदहरुले रामहरि खतिवडालाई दोषी किटान गर्न नहुने र एमालेका सांसदहरुले मुख्यसचिव,संसदका महासचिव,अरु सहसचिवहरुको नाम लेख्न नमिल्ने अडान लिएका थिए भने माओवादी,रास्वपा र राप्रपाका सांसदहरुले बदमासीमा जोडिएका सबैका नाम उल्लेख गर्नुपर्ने अaडान राखेपछि विवाद चर्क गएको थियो ।

प्रतिवेदनमा कारबाहीका लागि व्यक्तिको नाम किटान गरेर सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा बहस भइरहँदा रास्वपाका सांसद गणेश पराजुलीले व्यक्ति किटान गरे कारबाहीको सिफारिस गर्दा पनि सोही अनुसार उल्लेख हुनुपर्ने अडान लिएका थिए । उनले अडान लिएपछि एमाले सांसद नारायण आचार्य सँग चर्काचर्की परेको हो ।

बिज्ञापन

विवाद चर्कदै जाँदा सत्तापक्ष र प्रतिपक्षका सांस्दहरुबीच झण्डै हात हालाहालको स्थिति आएपछि समिति सभापति जीवन परियारले लफडा मिलाएका थिए ।

भनाभन यति धेरै चर्कदै गयो कि प्रतिपक्षका सांसद एकातिर र सत्तापक्षका सांसद अर्काेतिर भए । राप्रपा सांसद रोशन कार्कीले त एमाले सांसद आचार्यलाई ‘तँ तँ’ कै शैलीमा सम्बोधन गरेपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । यसरी विवादै विवादका बीच समितिले आज बिहान प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा समिति सभापति रामहरि खतिवडा र सचिव दुरा नैतिक जिम्मेवार ठहर भएका छन् ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष