संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानविन विशेष समितिमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुको मत नै विभाजित भएको छ ।
विशेष छानबिन समितिमा सत्ता पक्षका चार र प्रतिपक्षका तीन सांसद रहेका छन् । निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीमा उच्च प्रशासकहरुबाटै चलखेल भएको र उनीहरुको नकाव उत्रने गरी प्रतिवेदन लेख्ने तयारी भइरहँदा उच्च प्रशासक र समितिमा जोडिएका केही सासदहरुलाई जोगाउने गरी समितिका सदस्यहरुलाई नै विभक्त पारिएको हो ।
बिज्ञापन
यस अघि सातै सदस्यहरुको एक मत थियो कि कुलिङ पिरियडमा मानवीय त्रुटी नभइ गम्भीर लापरवाही भएको निष्कर्षमा समितिका सातै सदस्यहरुको एकै मत रहेको थियो ।
बिज्ञापन
मन्त्री,मुख्यसचिव,संसदका महासचिव,सचिवहरु,सहसचिवका अलवा राज्य व्यवस्था तथा सुशासन समिति,उपसमिति,दलका सचेतक, विज्ञका अलवा एक सयभन्दा बढी विभिन्न व्यक्तिहरूसँग सोधपुछ सकेपछि समितिका सातै जना सदस्यहरूका अनुसार प्रारम्भिक प्रतिवेदनमा कुलिङ पिरियडमा भएको गडबडी मानवीय त्रुटी नभइ र गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो । उक्त समितिका सदस्य तथा मन्त्री रघुजी पन्त,पद्यम प्रसाद पाण्डे,एकनारायण अर्याल लगायतले साधरण मानवीय त्रुटी रहेको बयान दिएका भए पनि समितिले भने कुलिङ अफ पिरियडको प्रावधान हटाउनका लागि उच्च प्रशासकहरुकै सक्रियता देखिएका कारण यसलाई मानवीय त्रुटी मान्न नसकिने र गम्भीर लापरवाही भएको निष्कर्षमा पुगेको थियो समिति ।
विशेष गरी राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले बयानका क्रममा नामै किटेर संघीय संसद्का महासचिव कुलिङ अफ पिरियड हटाउने कुरामा सक्रिय रूपमा लागेको आरोप लगाएका थिए । प्रतिवेदन कहाँबाट कसरी र कहिले हेरफेर भएको हो र सो कार्यमा को कसको संलग्नता रह्यो भन्ने निष्कर्ष निकालिएको समितिले जनाएको छ । प्रतिवेदनमा भएको छेडखानीमा अन्तिम हस्ताक्षरकर्ताको हैसियतले समिति सभामपति रामहरि खतिवडा र संसदका महासचिव पद्य प्रसाद पाण्डे लगायतका उच्च तहबाटै गडबडी भएको निष्कर्षमा एकमत थिए समितिका सदस्यहरु ।
बिज्ञापन
यस्तै,अन्तिम हस्तारकर्ताको हैसियतले रामहरि खतिवडालाई समेत दोषी ठहर गर्ने गरी प्रतिवेदन तयार पार्न सहमति जुटेको थियो समितिका सदस्यहरुबीच । यद्यपि कुलिङ पिरियड लागू गर्ने विषयमा निष्कृय हुने भाषा कसरी प्रयोग भयो, यस कार्यमा क–कसको संलग्नता रह्यो, लापरबाही गर्नेलाई के कारबाही सिफारिस गर्ने र आगामी दिनमा कानुन निर्माणमा यस प्रकारको गल्ति हुन नदिन के गर्न सकिन्छ भनेर सुझाव दिने गरी प्रारम्भिक प्रतिवेदन तयार भएको र उक्त प्रतिवेदनलाई तयार पारेर भोलिसम्म प्रतिनिधि सभामा बुझाउने तयारी हुँदै गर्दा काँग्रेस र एमालेका सांसदहरु एकातिर र राप्रपा,रास्वपा र माओवादीका सांसदहरु अर्काेतिर हुन पुगेका छन् अन्तिम समयमा । काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित समितिमा सुशीला थिङ, ईश्वरी घर्ती, नारायणप्रसाद आचार्य, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य छन् । जसमा सत्तापक्षका चार र प्रतिपक्षका तीन सांसद रहेका छन् । समितिका सभापतिसमेत रहेका नेपाली कांग्रेसका सांसद जीवन परियारसहित सत्ता पक्षका चार सांसदहरू एकतिर रहँदा विपक्षी खेमाका तीन जना अर्कोतिर उभिएका छन् ।
परियार नेतृत्वको समितिमा कांग्रेसका सुशिला थिङ, एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोशन कार्की सदस्य छन् ।
आज समितिको बैठक चलिरहँदा सत्तापक्षका सांसदहरू झन्डै डेढ घण्टा हराएका थिए । विपक्षी सांसदहरुलाई कुराएर उनीहरु एमाले संसदीय दलको कार्यालयमा छुट्टै छलफलमा जुटेका थिए । यस अघि समितिका सातै सांसदहरुको एक मत थियो कुलिङ पिरियड छेडखानीमा मानवीय त्रुटीमात्र नभई गम्भीर लापरवाही भएको र यसमा जोडिएका उच्च प्रशासक,समितिका सभापतिसम्मलाई दोषी किटान गरेर प्रतिवेदन लेख्ने तयार भइरहँदा सत्ता पक्षका चार सांसदलाई व्यक्ति किटेर कारवाहीको सिफारिस नगर्ने निर्देशन दिइसँगै समिति प्रतिवेदन तयार पार्न नसकेको हो ।