२२ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो : १२ लाई जिसस, १० तानिए मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो एकै पटक ८४ जना शाखा अधिकृतहरुको सरुवा गर्दा २२ जना प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेरमा परेका छन् । उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट निकाल्दै १२ जनालाई जिल्ला समन्वय समितितिर पठाइएको छ भने अरुलाई मन्त्रालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ । तिनैमध्ये केही लोकसेवा र निर्वाचन आयोग,भूमि मन्त्रालय पठाइएको छ ।

बिज्ञापन

यसरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृतहरु  साजन अधिकारीलाई गोलन्जोर गाउँपालिकाबाट जिसस दोलखा,जलजलाबाट सृजना पौडेल जिसस स्याङ्जा पुगेकी छिन् । यस्तै,हरिहरपुरगढी गाउँपालिकाबाट दिपशिखा आले जिसस रसुवा पुर्याइएको छ । शशी लिङ्देनलाई मौवाखोलाबाट जिसस पाँचथर,सुमिता राईलाई जिसस खोटाङ,आमचोक गाउँपालिकाबाट बन्दना सुवेदीलाई जिसस तेह्रथुम,प्रभा आलेलाई किस्पाङ नुवाकोटबाट निकालेर जिसस ताप्लेजुङ पुर्याइएको छ । लिखु गाउँपालिकाबाट यशोदा थापालाई जिसस गोरखा,दिाहीबाट सुमिता मरासिनीलाई जिसस नवलपरासी,खानीखोलाबाट ज्योती देवकोटालाई जिसस धादिङ,डडुवाबाट छकलाल आलेलाई जिसस कपिलबस्तु,साकेला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अञ्जली भट्टराईलाई जिसस नुवाकोट, तारकेश्वरबाट सन्ध्या पाण्डेलाई अख्तियार,सिस्नेबाट रेवत बूढाथोकी सामान्यको बरण्डा,रञ्जित कुमार यादव भूमि व्यवस्था मन्त्रालय,महेश श्रेष्ठ सामान्यको अतिरिक्त समूह,रामप्रसाद घिमिरे,बबईबाट चेतनारायण कँडेललाई सामान्यकै बरण्डामा, बन्दिपुरबाट यादव आचार्य निर्वाचन आयोग,ताराखोलाबाट सूर्य विश्वकर्मा भूमि मन्त्रालय,नविन गङतानलाई तामाकोशीबाट सामान्यको कौशी,यादव राउतलाई सन्दकपुरबाट सामान्यमै थुपारिएको छ । यस्तै सरोज रेग्मी रावावेशीबाट लोकसेवा आयोग लगिएको छ ।

बिज्ञापन

यसरी प्रमुख प्रशासकीय अधिकृतबाट २२ जनाको जिम्मेवारी खोसिएको छ । तीमध्ये १२ जनालाई जिसस,केही अख्तियार,लोकसेवा आयोग,मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।मन्त्रालयले विभिन्न २० वटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरु खटाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष