मन्त्रिपरिषद्का २६२ निर्णयहरु लुकाइएको खुलासा

सरकारले मन्त्रिपरिषद् बैठकका आधा निर्णयहरु लुकाइने गरेको भेटिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो दुई त्रैमासको रिर्पोट र सञ्चार मन्त्रालयबाट सार्वजनिक हुँदै आएको मन्त्रिपरिषद्का निर्णयहरु खोतल्दा पछिल्ला ६ महिनामा मात्र २६२ निर्णयहरु गुपचुप राखिएको र सार्वजनिक नगरिएको भेटिएको छ ।

बिज्ञापन

सुशासन र पारदर्शीताको कुरा गरेर थाक्दैनन्, प्रधानमन्त्री केपी ओली । तर उनै ओली सरकारका मन्त्रीहरुको सम्पत्ति गुपचुप छ । ओली सरकारले गरेका क्याविनेटका आधा निर्णय सञ्चार मन्त्रालयसम्म पुग्दा गायब हुने गरेको भेटिएको छ । मन्त्रिपरिषद्बाट हुने गरेका आधा जसो निर्णयहरु सार्वजनिक नभइ लुकाइने र आधा जसो मात्र सार्वजनिक गर्ने गरेको विवरण स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको कार्यालयको त्रैमासिक रिर्पोट खोतल्दा भेटिएको हो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो सार्वजनिक गरेको त्रैमासको रिर्पोट अनुसार मन्त्रिपरिषद् बैठकका अधिकांश निर्णयहरु लुकाइने गरेको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार,वैशाख देखि असारसम्म १६ वटा क्याविनेट बैठक बसेर ३४७ वटा निर्णय गरिएको विवरण सार्वजनिक गरेको छ तर यो बीचमा २२४ वटा निर्णय विवरण देखिन्छ । जस अनुसार बैशाखमा बसेको क्याविनेटले ८४,जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले ६२ र असारमा बसेको क्याविनेटले ६२ वटा निर्णय गरेको भेटिन्छ ।

वैशाख २ मा बसेको क्याविनेटले २०,वैशाख ८ मा १९,वैशाख १५ मा बसेको क्याविनेटले १५ र १७ गते बसेको बैठकले ८,वैशाख २५ मा बसेको बैठकले २२ वटा गरी वैशाखमा ५ वटा बैठकले ८४ वटा निर्णयहरु सार्वजनिक भएको छ । यस्तै जेठ ५ मा बसेको बैठकले ९,जेठ १२ मा बसेको क्याविनेटले २८,१५ गते बसेको वैठकले ९,जेठ १७ मा बसेको बैठकले ५ वटा निर्णय गरेको छ भने जेठ २६ मा बसेको क्याविनेट बैठकले ११ गरी पाँच वटा बैठकले ६२ वटा निर्णय सार्वजनिक भएको छ ।

बिज्ञापन

यता असार २ गते बसेको बैठकले १९,असार ९ असारमा बसेको बैठकले १५,१३ असारमा १५, २३ गते बसेको बैठकले १६ र असार ३० को बैठकले १३ वटा गरी ७८ वटा निर्णयहरु सार्वजनिक भएका छन् । जस अनुसार पछिल्लो त्रैमासमा २२४ वटा निर्णय भएको छ मन्त्रिपरिषद्को बैठकले ।

यस्तै प्रशासन समितिले ५,सामाजिक समितिले ३,आर्थिक तथा पूर्वाधार समितिले ८ र विधेयक समितिले सबैभन्दा १९ वटा गरी १६ वटा बैठकले ३५ निर्णय गरेको विवरण सार्वजनिक भएको छ । यो हिसाबले पछिल्लो त्रैमासमा मात्र मन्त्रिपरिषद् बैठकले गरेका १२४ वटा निर्णय लुकाइएको भेटिएको हो ।


यस अघि माघदेखि चैत्रसम्म १३ वटा क्याविनेट बैठक बसेर ३२५ वटा निर्णय गरिएको बिषय प्रतवेदनमा उल्लेख छ । कर्मचारी प्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेवमार्फत सार्वजनिक भएको निर्णयहरु हेर्दा जम्माजम्मी १८७ निर्णय मात्र सार्वजनिक भएका छन् । जसमा माघमा ४६,फागुनमा ७२ र चैत्रमा ६९ वटा निर्णयहरु मात्र सार्वजनिक भएका छन् । १३८ वटा निर्णयहरु गुपचुप राखिएको छ । यस्तै दोश्रो त्रैमासको रिर्पोट खोलल्दा विभिन्न १६ वटा बैठकबाट ३५५ वटा निर्णय गरेकामध्ये आधा निर्णय गुपचुप राखिएको भेटिन्छ ।

यो हिसाबले वैशाखदेखि असारसम्मका १२४ र माघदेखि चैत्रसम्मको क्याविनेटका निर्णयहरु खोतल्दा १३८ वटा गरी कूल २६२ वटा निर्णयहरु गुपचुप राखिएको भेटिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदार र सुव्वा तहका ४० कर्मचारीको सरुवा

८५ शाखा अधिकृतको सरुवा

३४ उपसचिवहरूको सरुवा

३०५ कर्मचारीको सरुवा

गृहका २३ कर्मचारी खटाएका ठाउँमा गएनन् : १८ अधिकृत र ५ सुव्वालाई २४ घण्टे अल्टिमेट

अर्थ मन्त्रालयका जम्बोटोली इन्डोनेसिया जाँदै, डेढ करोड रुपैयाँ खर्च गरिँदै

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

स्थानीय तहका ३०५ कर्मचारीको अन्तरपालिका सरुवा (सूचीसहित)

बिशेष