अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

आन्दोलनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग सरकारी वार्ताटोलीका प्रतिनिधिहरुले वार्ता गरेका छन् ।

बिज्ञापन

सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका मेयर भट्टराईसँग सरकारी वार्ता टोलीका प्रतिनिधिहरु सहसचिव तथा शहरी मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका सङ्घको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो ।

बिज्ञापन

मेयर भट्टराईले आइतबारदेखि देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेर सत्याग्रहमा थिए ।

मेयर भट्टराईले बाँस तथा अन्य स्थानीय कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न, वन र उद्योग मन्त्रालय तथा मातहतका सबै निकायले फर्निचर खरीद गर्दा अनिवार्य रूपमा बाँस तथा काठको, राडीपाखी र वातावरणमुखी फर्निचर खरीद गर्नुपर्ने र भवन संरचना निर्माणमा स्थानिय कच्चा सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिगत निर्णयको माग गर्दै आएका छन् । यस्का अलवा खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने माग समेत छ,उनको ।

बिज्ञापन

गत साउन ४ गते बाँस, बाँसबाट निर्मित विभिन्न सामग्री, परालबाट निर्मित गुन्द्री, राडीलगायतका सामग्री लिएर मेयर भट्टराई काठमाडौँ गएका थिए । काठमाडौँमा उच्चपदस्थ व्यक्तिहरू, उपराष्ट्रपति, सभामुख र सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बाँसका कुर्सी र टेबल उपहार दिइसकिएको छ । नीति निर्माताहरूको ध्यानाकर्षण गराउदै दवाब बढाउन र स्थानीय उत्पादनको महत्व सुझाउन बाँसका कुर्सी र टेबल उपहार प्रदान समेत गरेर उनी सत्याग्रहमा बसेका थिए । तीन दिन सत्याग्रह बस्दा समेत आफ्नो मागको सुनुवाई नभए पछि उनी बुधबारदेखि आमरण अनशनमा बसेका हुन ।

यसैबीच, आज मेयर भट्टराई र सरकार पक्षबीच आज माइतीघरमै वार्ता भएको छ ।सरकारी वार्ता टोलीसँगको वार्ता सकरात्मक भएको जनाइएको छ ।

उता, मेयरका तर्फबाट उपमेयरले अहिले वन तथा वातावरण मन्त्रालयमा थप छलफल गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

बिशेष