अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

आन्दोलनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग सरकारी वार्ताटोलीका प्रतिनिधिहरुले वार्ता गरेका छन् ।

बिज्ञापन

सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका मेयर भट्टराईसँग सरकारी वार्ता टोलीका प्रतिनिधिहरु सहसचिव तथा शहरी मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका सङ्घको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो ।

बिज्ञापन

मेयर भट्टराईले आइतबारदेखि देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेर सत्याग्रहमा थिए ।

मेयर भट्टराईले बाँस तथा अन्य स्थानीय कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न, वन र उद्योग मन्त्रालय तथा मातहतका सबै निकायले फर्निचर खरीद गर्दा अनिवार्य रूपमा बाँस तथा काठको, राडीपाखी र वातावरणमुखी फर्निचर खरीद गर्नुपर्ने र भवन संरचना निर्माणमा स्थानिय कच्चा सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिगत निर्णयको माग गर्दै आएका छन् । यस्का अलवा खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने माग समेत छ,उनको ।

बिज्ञापन

गत साउन ४ गते बाँस, बाँसबाट निर्मित विभिन्न सामग्री, परालबाट निर्मित गुन्द्री, राडीलगायतका सामग्री लिएर मेयर भट्टराई काठमाडौँ गएका थिए । काठमाडौँमा उच्चपदस्थ व्यक्तिहरू, उपराष्ट्रपति, सभामुख र सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बाँसका कुर्सी र टेबल उपहार दिइसकिएको छ । नीति निर्माताहरूको ध्यानाकर्षण गराउदै दवाब बढाउन र स्थानीय उत्पादनको महत्व सुझाउन बाँसका कुर्सी र टेबल उपहार प्रदान समेत गरेर उनी सत्याग्रहमा बसेका थिए । तीन दिन सत्याग्रह बस्दा समेत आफ्नो मागको सुनुवाई नभए पछि उनी बुधबारदेखि आमरण अनशनमा बसेका हुन ।

यसैबीच, आज मेयर भट्टराई र सरकार पक्षबीच आज माइतीघरमै वार्ता भएको छ ।सरकारी वार्ता टोलीसँगको वार्ता सकरात्मक भएको जनाइएको छ ।

उता, मेयरका तर्फबाट उपमेयरले अहिले वन तथा वातावरण मन्त्रालयमा थप छलफल गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष