गृह मन्त्रालयले दुई सिडियोसहित चार जना सह सचिवहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर त्यहाँ सहसचिव टोकराज पाण्डे र बन्धु बास्तोलालाई ती जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको हो ।
बिज्ञापन
पाण्डे मन्त्रालयको विपद् तथा द्धन्द व्यवस्थापन महाशाखाको प्रमुखको रुपमा कार्यरत थिए भने बन्धु बास्तोला लामो समयदेखि बरण्डामा थिए । यस्तै गृहमा फिर्ता बोलाइएका सहसचिवहरुमध्ये वासुदेव घिमिरे पछिल्लो समय विवादमा मुछिएका थिए भने किरण अनिवार्य अवकाशको मुखमा रहेका सहसचिव हुन ।