सरकारले पछिल्लो तीन महिनामा ३५२६ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार खरिदारदेखि सहसचिव तहसम्मका गरी ३ हजार ५ सय २६ जना कर्मचारी यो अवधिमा सरुवा भएका हुन । मन्त्रालयका संघीय तथा स्थानीय शाखाबाट ती कर्मचारीहरु सरुवा भएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो तीन महिनामा यी कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।
बिज्ञापन
मन्त्रालयका अनुसार गत वैशाख १ गते देखि असार मसान्तको तीन महिनाको अवधिमा सहसचिव तहका ३४६,उपसचिव ४४६,शाखा अधिकृत ७३९,राजपत्र अनंिकत तथा श्रेणी विहिन १६५३ जनाको पदस्थापन तथा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा खुला,आन्तरिक प्रतिष्प्रर्धाबाट ५९४ जनाले नियुक्ति पाएका छन् । मन्त्रालयका अनुसार,सहसचिवमा ७८,उपसचिवमा १९०,शाखा अधिकृत ३०८ र राजपत्र अनकिंत गरी १८ गरी ५९४ जनाले नियुक्ति पाएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
यही अवधिमा स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट १०१ उपसचिवहरुको पदस्थापन गरिँदा शाखा अधिकृत १९६ र नासु र खरिदार तहका ४५ जना कर्मचारीको सरुवा भएको जनाइएको छ । यस्तै ५७ जनालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले यही अवधिमा सहसचिव तहका ३४६,उपसचिव ४४६,शाखा अधिकृत ७३९,राजपत्र अनंिकत तथा श्रेणी विहिन १६५३ जनाको पदस्थापन तथा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ७८ जनालाई काजमा खटाएको मन्त्रालयले बढुवा शाखाबाट ६ विशिष्ठ श्रेणी,उपसचिवमा २९,शाखा अधिकृतमा ६७,नासु तहमा १८ जना गरी १२० जना बढुवा नियुक्तिका लागि सिफारिस गरिएको मन्त्रालयद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।