५९४ कर्मचारीले नयाँ नियुक्ति पाउँदा ३५२६ को सरुवा,१२० जना बढुवा

सरकारले पछिल्लो तीन महिनामा ३५२६ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार खरिदारदेखि सहसचिव तहसम्मका गरी ३ हजार ५ सय २६ जना कर्मचारी यो अवधिमा सरुवा भएका हुन । मन्त्रालयका संघीय तथा स्थानीय शाखाबाट ती कर्मचारीहरु सरुवा भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो तीन महिनामा यी कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार गत वैशाख १ गते देखि असार मसान्तको तीन महिनाको अवधिमा सहसचिव तहका ३४६,उपसचिव ४४६,शाखा अधिकृत ७३९,राजपत्र अनंिकत तथा श्रेणी विहिन १६५३ जनाको पदस्थापन तथा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा खुला,आन्तरिक प्रतिष्प्रर्धाबाट ५९४ जनाले नियुक्ति पाएका छन् । मन्त्रालयका अनुसार,सहसचिवमा ७८,उपसचिवमा १९०,शाखा अधिकृत ३०८ र राजपत्र अनकिंत गरी १८ गरी ५९४ जनाले नियुक्ति पाएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यही अवधिमा स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट १०१ उपसचिवहरुको पदस्थापन गरिँदा शाखा अधिकृत १९६ र नासु र खरिदार तहका ४५ जना कर्मचारीको सरुवा भएको जनाइएको छ । यस्तै ५७ जनालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले यही अवधिमा सहसचिव तहका ३४६,उपसचिव ४४६,शाखा अधिकृत ७३९,राजपत्र अनंिकत तथा श्रेणी विहिन १६५३ जनाको पदस्थापन तथा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ७८ जनालाई काजमा खटाएको मन्त्रालयले बढुवा शाखाबाट ६ विशिष्ठ श्रेणी,उपसचिवमा २९,शाखा अधिकृतमा ६७,नासु तहमा १८ जना गरी १२० जना बढुवा नियुक्तिका लागि सिफारिस गरिएको मन्त्रालयद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष