दिल्ली सर्‍यो भिजिट भीसाको दौड,४० महिला फिर्ता

नेपालमा भिजिट भिसा प्रकरण बाहिरिएपछि नेपालीलाई बेच्ने काम भारतको दिल्ली एयरपोर्टदेखि शुरु हुन थालेको भेटिएको छ । यसरी भिजिट भिसामा जाने ४७ जना महिला फिर्ता भएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

बिज्ञापन

पछिल्लो समय दिल्लीबाट भिजिट भिसामा जानका लागि एनओसी (नो अब्जेक्सन लेटर) प्रयोग गरी भिजिट भिसा धन्दा चलाइन थालेको जनाइन्छ । यसरी जान लागेका ४७ महिलाहरु एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै हिजो राती नेपाल फर्काइएको हो ।
जानकारहरुका अनुसार,पछिल्लो समय भिजिट भिसामा दिल्ली एयरपोर्ट प्रयोग गर्न खोजिएको र त्यहाँबाट जानका लागि एनओसी (नो अब्जेक्सन लेटर) प्रयोग गर्ने गरिएको र त्यस्ता पत्र सक्कली हुन् कि नक्कली हुन् भनेर खुट्याउन थालिएको छैन ।

बिज्ञापन

यसरी जानेले दिल्लीस्थित नेपाली दूतावासका नाममा नक्कली एनओसी बनाउने गरेको दाबी स्रोतको छ । भिजिट भिसामा जाने व्यक्तिले लाने प्रमाण पनि र नक्कली पत्रको कुनै प्रतिलिपि वा डुप्लिकेट पनि नहुने भएकाले मुद्दाका लागि कुनै प्रमाण बाँकी नरहने अवस्था रहेको जनाइन्छ । यसै कारण भिजिट भिसामा मान्छे पठाउन सहज हुँदै आएको दावी स्रोतको छ ।

अध्यागमनको काम भनेको भिजिट भिसामा जाने विशेष गरी महिला कालोसूचीमा परेको हो कि होइन, ऊसँग अनुमति पत्र छ छैन भन्ने मात्रै जाँचबुझ र सोधपुछ गर्ने हो । शरीर खानतलासी गर्ने कुरा भएन । नेपालको एयरपोर्टमा अनेक फत्तुर हाल्दै दुःख दिएर पैसा असुलेपछि मात्रै विदेश जान दिने चलन बस्यो । यसैकारण धेरै नेपाली महिला भारत हुँदै स्थलमार्गबाट विदेश जान थाले । र, त्यसरी गएका महिलाको रेकर्ड नेपालसँग छैन । नेपाल सरकारले राजश्व पनि प्राप्त गर्न सकेको देखिन्न ।

बिज्ञापन

यसैकारण फ्लाई दुबई, जजिरा, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सबाट यात्रा गर्ने यात्रुको संख्यामा निकै कमी भएको छ । पहिला–पहिला यी विमानका पूरै सिट भरिन्थे भने अहिले मुस्किलले ४० देखि ५० प्रतिशत सिट मात्रै बिक्ने गरेको स्रोतको दावा ट । खाली सिटका कारण सोध भर्ना गर्दै उडान गर्नुपर्दा अन्य यात्रुलाई आर्थिक भार र मार परेको अवस्था छ ।

अहिले नेपालबाट विदेश जानेहरूलाई सरकारले चाहेर पनि रोक्न सक्ने अवस्था छैन । संसार नै एउटा ग्लोबल भिलेजको रूपमा आएको छ । तसर्थ भिजिट भिसा होस् कि कामदार भिसा विदेश जानेलाई रोकतोक गर्नुभन्दा पूर्ण रूपमा खुलेआम स्पष्ट कारण खुलाएर जान दिने व्यवस्था गर्नुपर्ने राय विश्लेषकहरुको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

यता छानबिन,उता सँगसँगै सरुवा र बढूवा

यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

घुमुवामार्फत असुलीमा संलग्न तीन जना तानिए, एसपी खड्काको भूमिका फेरि प्रश्नमा

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

गुनासो भए पोख्न छुट्टै कुना

सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

बिशेष