दरबन्दीका हाकिम रोकेर निमित्तलाई नै जिम्मेवारी दिने विकृती स्थानीय तहमा झागिदै गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई रोक लगाउने प्रयास गरेको छ ।
संघीय सरकारले खटाएका दरबन्दीका उपसचिव,शाखा अधिकृतहरुलाई हाजिरै गर्न नदिई निमित्तका भरमा आर्थिकदेखि प्रशासनिक जिम्मेवारी दिएर बदमासी गर्दै आएपछि त्यस्ता कर्मचारीको आर्थिक र प्रशासनिक जिम्मेवारी खोसेको हो । कतिपय स्थानीय तहले दरबन्दीका कर्मचारी रोकेर निमित्त र करारका भरमा स्थानीय सरकार सञ्चालन गर्ने अभ्यास थालिरहेका छन् । संघीय सरकारले पठाएका कर्मचारीहरुले जनप्रतिनिधिले बाटोमै रोक्नेदेखि हाजिरै गर्न नदिइ फिर्ता पठाउने प्रवृत्ति बढेपछि सरकारले त्यसमा रोक लगाउन खोजेको हो मन्त्रालयले ।
संघीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र निमित्तकै भरमा काम चलाउने परिपाटी स्थानीय तहमा मौलाउँदै गएपछि सरकारले त्यसमा अंकुश लगाउन खोजेको हो सामान्य प्रशासनले ।मन्त्रालयले दरबन्दी अनुसार स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल हाजिर गराउन अनुरोध गरेको छ । स्थानीय तहहरुलाई मन्त्रालयले खटाएका कर्मचारीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन अनुरोध समेत गरेको छ मन्त्रालयले । पछिल्लो समय मन्त्रालयले खटाएका कर्मचारीहरुलाई हाजिर नगराउने,बीच बाटोबाटै फर्काउने विकृती बढेपछि मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले एक विज्ञप्ति जारी गर्दै दरबन्दी बमोजिम खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य रूपमा हाजिर गराउन अनुरोध गरेको हो।जारी विज्ञप्तिमा भनिएको छ केही स्थानीय तहहरूले पहिले वरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकारलाई कायम राख्दै दरबन्दी अनुसार खटाइएका अधिकृतलाई हाजिर नगराउने तथा मन्त्रालयमा पत्राचार गरी जानकारी गराउनेजस्ता गतिविधिलाई मन्त्रालयले गम्भीर रुपमा लिएको उल्लेख गर्दै यस अघि बरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई समेत जानकारी गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।केन्द्र सरकारले नगरपालिकामा उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकामा अधिकृत तहका कर्मचारीलाई प्रशासकीय अधिकृतको रुपमा खटाउँदै आएको छ ।
कतिपय स्थानीय तहले केन्द्र सरकारले खटाएका कर्मचारीहरुलाई हाजिरै गर्न नदिई निमित्तका भरमा बर्षौदेखि कामकारवाही गराउँदै आएका छन् । सरकारले त्यस्ता स्थानीय तहका निमित्त हाकिमको आर्थिक र प्रशासनिक अधिकारमा अंकुश लगाउनका लागि तिनका जिम्मेवारी रद्ध गरी कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई जानकारी समेत गराएको जनाइएको छ ।एकातिर सरुवा भएको ठाउँमा हाजिर हुनै नजाने,जान खोज्ने कर्मचारीले हाजिरै गर्न नपाउने परिपाटी अहिले स्थानीय तहमा बढ्दै गएको छ । यही कारण २८५ भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । त्यहाँ प्रशासनबाहेक शिक्षा, स्वास्थ्य, पशु लगायतका सेवाका शाखा प्रमुखहरुले निमित्त प्रमुख भएर स्थानीय तहको प्रशासन चलाइरहेका छन् ।स्थानीय तहहरुमा संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई फर्काउने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्णय लिएको हो ।