विवादित पृष्टभूमिका एक ठेकेदारलाई कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको ठेक्का दिइएको पाइएको छ ।
बिज्ञापन
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए लगतै उनकै अध्यक्षतामा सम्पन्न मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको थियो । रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने र सोका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको थियो तर बर्ष दिन पूरा हुँदा समेत उक्त क्रिकेट मैदान निर्माणको काम आधा सम्पन्न भएको छैन ।
बिज्ञापन
सोही पछि २०८० फागुन १९ गते प्याराफिट र फागुन २२ गते फ्लडलाइटतर्फको सम्झौता भएको थियो । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।
संघीय सचिवालयका अनुसार,प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भइसकेको छ । हालसम्म प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।
बिज्ञापन
जानकारहरु भन्छन्,खासमा राष्ट्रिय खेलकुद परिषद् मार्फतअगाडि बढ्नुपर्ने परियोजना हो तर केपी शर्मा ओली प्रधानमन्त्री भमए लगतै खेलकुदबाट खोसेर शहरीमा ल्याइएको थियो । यस अघि राष्ट्रिय खेलकुदपरिषद्ले २७ करोड ४० लाख दुई हजार२२ रुपैयाँमा टेन्डर आह्वान गरेको उही फ्लडलाइट राख्ने काम अहिले ४३ करोड खर्चेर जडान गर्न खोजिएको हो ।
फ्लडलाइट लाइडको एउटै ठेक्कामा झण्डै १६ करोड बदमासी भएको भन्दै सार्वजनिक खरिद अनुगमनदेखि अख्तियारसम्म गुहारिएको छ । केही दिन अगाडिमात्र यस सम्बन्धी फाइलहरु अख्तियारले शहरीबाट माग गरेको समेत स्रोतले पृष्टि गरेको छ । जसरी सिँचाईमन्त्रालयले झण्डै साढे २ अर्ब रुपैयाँको एउटा आयोजना,राहदानी छपाईको ठेक्का आफू निकटका व्यवसायीलाई मात्र पोस्ने गरी कार्टेलिङ्ग गरिएको थियो उही ढङ्गबाटत्रिवि क्रिकेट मैदान र फ्लडलाइट जडानमा समेत कार्टेलिङ्ग गरिएको भन्दै केही निर्माण व्यवसायीहरुले यी निकाय गुहारेका हुन ।
राष्ट्रिय खेलकुद परिषद्बाटै अगाडि बढ्नुपर्नेयो ठेक्काको काम ठेकेदार र कर्मचारीको स्वार्थमा संघीय सचिवालय तथा निर्माणव्यवस्थापन कार्यालय मातहत ल्याएर आफू मातहतको ठेकेदारमार्फत ठेक्का दिलाइएको बताउँछन्,कर्मचारीहरु ।
निर्माणधिन क्रिकेट मैदान निर्माणको ठेक्का पाएको छ,विकोई विल्डर्स, सोकम्पनीका मालिक हुन्,हुमनाथ कोइराला । ४३ करोड ७७ लाख ३० हजार १३ रुपैंयाबराबरको सो ठेक्का पाउने कोइराला तिनै ठेकेदार हुन यस अघि कृषि सामाग्रीकेन्द्रमार्फत रसायनिक मल ल्याउन नसकेर उनको अर्को कम्पनी होनिको मल्टिपल प्रालि कालोसूचीमा परेका थियो । उनै कोइरालाको अर्को कम्पनीले काँग्रेसी मन्त्रीहरुको आँडमा सो ठेक्का हात पारेका हुन । उसो त कोइराला विवादित ठेकेदार मनोज भेटवालका पार्टनर समेत हुन ।उनी ठगी मुद्धा लागेर जेल समेत परेका व्यक्ति हुन ।
सरी समयमा काम सम्पन्न गर्न नसकेपछि योजनाको कुल रकमको ० दशमलव ०५ प्रतिशत अर्थात दैनिक दुई लाखभन्दा बढी हर्जना तिराएरअहिले काम अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।