अव्वल सरकारी वलिकको रुपमा आफ्नो छवि बनाएका डा टेकबहादुर घिमिरेको राजीनामा स्वीकृत भएको छ । अनिवार्य अवकाशमा जानु तीन दिन अगाडि उनले दिएको राजीनामा कार्यालयबाट बिदाई समेत भइसकेपछि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
बिज्ञापन
पाँच बर्षे सेवा अवधि पूरा गरेर उनी यही साउन ५ गतेदेखि अनिवार्य अवकाशमा जाँदै थिए । सो को तीन दिन अघि उनले दिएको राजीनामा सोमबार बसेको क्याविनेट बैठकले स्वीकृत गरेको हो ।
बिज्ञापन
घिमिरेले साउन २ गतेदेखि लागू हुने गरी स्वैच्छिक अवकाश साउन चार गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । ५ साउनमा ५ वर्षे पदावधि पूरा भएर अवकाश हुनुपर्नेमा उनले त्यसको तीन दिनअघि राजीनामा दिएका हुन् ।
घिमिरेले तीन दशकभन्दा लामो समय सरकारी वकिलका रुपमा जिल्ला सरकारी वकिल,उच्च सरकारी वकिलको कार्यालयहरू, विशेष सरकारी वकिलको कार्यालय हुँदै नायव महान्यायाधिवक्ताको रुपमा कार्यरत थिए ।
बिज्ञापन
संखुवासभाका घिमिरेले सरकारी वकिलतर्फ शाखा अधिकृतदेखि सचिवसम्मको जिम्मेवारीमा रहेर अनिवार्य अवकाशमा गएका हुन ।