प्रदेश र स्थानीय तहका ६९० कर्मचारीलाई सेवाकालीन तालिमको अवसर

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले स्थानीय तह तथा प्रदेशमा कार्यरत ६९० कर्मचारीहरुलाई सेवाकालीन प्रशिक्षण दिने भएको छ ।

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/ ८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश तथा स्थानीय तहमा कार्यरत रहेका चौंथौंदेखि आठौं तहसम्मका कर्मचारीहरुलाई सेवाकालीन तालिम दिन लागिएको हो ।
प्रतिष्ठानले आठौँ, सातौं र छैटौं तहका स्तरका कर्मचारीहरुका अलवा राजपत्र अनंकित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीहरू एवम् प्रदेश तथा स्थानीय तहमा कार्यरत पाँचौं र चौथो तहका गरी ६९० जना कर्मचारीहरुलाई सेवाकालीन तालिम दिन लागेको जनाएको छ ।

बिज्ञापन

३२ कार्य दिनको सेवाकालीन प्रशिक्षणमा प्रदेश तथा स्थानीय तहका आठौं तहका ७०,प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं तहका ६० कर्मचारीहरुलाई दिने जनाइएको छ ।

यस्तै प्रदेश तथा स्थानीय तहका छैटौं तहका ९० अधिकृत,प्रदेश तथा स्थानीय तहका पाँचौं तहका २४० र चौथौं तहका २४० गरी कूल ६९० कर्मचारीहरुलाई सेवाकालीन तालिम दिन लागिएको हो ।

बिज्ञापन

सेवाकालीन तालिमका लागि इच्छुक स्थायी कर्मचारीहरूले स्थानीय विकास प्रशिक्षण केन्द्रमा रहेको अनलाइन मनोनयन फाराम भरी हाल बहाल रहेको पदमा नियुक्तिमा भएको पत्रको छायाँप्रति, समायोजनसम्बन्धी अन्तिम निर्णयपत्रको छायाँप्रति (स्तर वृद्धि भई समायोजन भएको भएमा),प्रशिक्षार्थीको नाम, बहाल रहेको पद र श्रेणी,तह,नियुक्ति मितिसम्म खुलेको कार्यालय प्रमुखको सिफारिस पत्रसहित आवेदन दिन सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष