प्रदेश र स्थानीय तहका ६९० कर्मचारीलाई सेवाकालीन तालिमको अवसर

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले स्थानीय तह तथा प्रदेशमा कार्यरत ६९० कर्मचारीहरुलाई सेवाकालीन प्रशिक्षण दिने भएको छ ।

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/ ८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश तथा स्थानीय तहमा कार्यरत रहेका चौंथौंदेखि आठौं तहसम्मका कर्मचारीहरुलाई सेवाकालीन तालिम दिन लागिएको हो ।
प्रतिष्ठानले आठौँ, सातौं र छैटौं तहका स्तरका कर्मचारीहरुका अलवा राजपत्र अनंकित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीहरू एवम् प्रदेश तथा स्थानीय तहमा कार्यरत पाँचौं र चौथो तहका गरी ६९० जना कर्मचारीहरुलाई सेवाकालीन तालिम दिन लागेको जनाएको छ ।

बिज्ञापन

३२ कार्य दिनको सेवाकालीन प्रशिक्षणमा प्रदेश तथा स्थानीय तहका आठौं तहका ७०,प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं तहका ६० कर्मचारीहरुलाई दिने जनाइएको छ ।

यस्तै प्रदेश तथा स्थानीय तहका छैटौं तहका ९० अधिकृत,प्रदेश तथा स्थानीय तहका पाँचौं तहका २४० र चौथौं तहका २४० गरी कूल ६९० कर्मचारीहरुलाई सेवाकालीन तालिम दिन लागिएको हो ।

बिज्ञापन

सेवाकालीन तालिमका लागि इच्छुक स्थायी कर्मचारीहरूले स्थानीय विकास प्रशिक्षण केन्द्रमा रहेको अनलाइन मनोनयन फाराम भरी हाल बहाल रहेको पदमा नियुक्तिमा भएको पत्रको छायाँप्रति, समायोजनसम्बन्धी अन्तिम निर्णयपत्रको छायाँप्रति (स्तर वृद्धि भई समायोजन भएको भएमा),प्रशिक्षार्थीको नाम, बहाल रहेको पद र श्रेणी,तह,नियुक्ति मितिसम्म खुलेको कार्यालय प्रमुखको सिफारिस पत्रसहित आवेदन दिन सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशको तीन दिन अगाडि राजीनामा,१ दिन अघि स्वीकृत

रजिष्ट्रारसहित दुई अधिकृतमाथि विभागीय कारवाही,१० सुव्वा,१५ अधिकृतसहित ३१ कर्मचारीको सरुवा

सब इञ्जिनियर सेवाबाटै बर्खास्त

अख्तियारको राडारमा पूर्व मन्त्री : बिहानैदेखि बयान लिइँदै

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

पूर्व सचिव डा. ढुंगेलको नयाँ पुस्तक ‘निजामति प्रशासनमा कोतपर्व’ सार्वजनिक

एमालेको सक्रिय राजनीतिमा फर्किने विद्याको चाहनामा ‘ब्रेक’

बिशेष