कार्यविधि एकातिर खटन पटन अर्कोतिर ! मूलमाफोहोर छ, तल मात्रै सफा गरेर अर्को गाइजात्रा देखाइरहेको छ गृह मन्त्रायले । भिजिटभिसा प्रकरणमा शंकाको सुँइ जोडिएको छ, गृहमन्त्री रमेश लेखकतिर । यस्तै दवावका कारण होला केही दिन अगाडिमात्र गृहसचिव मन्त्रालयमै प्रेसरले हानेर ढले र अस्पतालै भर्ना हुनु परेको थियो । सोही मन्त्रालयले त्रिवि अध्यागनको विकृती र विसंगती बढार्ने नाममा सोमबार गरेको कर्मचारी खटन पटनलाई गृहका जानकारहरु ‘ भन्दा देख्नेलाई लाज’को रुपमा टिप्पणी गर्न थालेका छन् । मन्त्रालयले अध्यागनमा पूराना ४४ शाखा अधिकृतलाई त्यहाँबाट सरुवा गरेर गृह मन्त्रालय अन्तर्गत पठाएको छ ।
बिज्ञापन
सरुवाको सूची अनुसार,मोहन प्रसाद निरौला,गणेश विक्रम शाह,जुना खड्का खत्री,नवराज शर्मा दोरङ्गा,लक्ष्मी कुमारी पन्त सहित अम्बिका खत्री,टीकाराम निरौला,नवराज अवस्थी,कुमारी जानकी कार्की,मुना कुँवर,ज्योस्ना भट्ट,श्रृजना पौडेल,प्रभा अर्याल,रेश्मा बुढा क्षेत्री,न्यूटन लम्साल,चन्चल कुमार खड्का,प्रमोद बहादुर चन,दीपक पौडेल,भानुभक्त भट्ट,सुजन शुभ भ्लोन,दिपेश विडारी,चिरिन्जिवी जि एम गृह फिर्ता भएका छन् । यस्का अलवा नरेन्द्र सिंह कुँवर,युवराज कट्टेल,प्रियंका ओझा,खगराज गौतम,देवी चालिसे,सरोज खनाल,सन्दिप न्यौपाने,संगिता के सी,भीम कुमार बस्नेत, दीपेन्द्र बहादुर शाही,हरिबहादुर पोखरेल,गंगा पौडेल, शिवकुमार राई,दिपेश विडारीलाई गृह मन्त्रालय वा अन्त्रगत सरुवा गरिएको जनाइएको छ ।
बिज्ञापन
गृहले हालैमात्र उत्र्तिण गरेका फ्रेस ४४ अधिकृत एयरपोर्टमा खटाएको छ । गत असार ३१ र ३२ गते क्षमता विकास तालिम दिएर ४४ जना शाखा अधिकृतलाई अध्यागमन अधिकृतका रुपमा अध्यागमनमा खटाइएको हो । अध्यागमनमा खटिएका फ्रेस अफिसरहरुमा अनिल चापागाईं, टामन सिग्देल, दिपेन्द्रप्रसाद आचार्य, कुलप्रसाद आचार्य, रोशन गुरागाईं, तेजप्रसाद अधिकारी, सन्दिप रेग्मी, रमेश कार्की लगायत रहेका छन् ।
बिज्ञापन
यस्तै गृहले अधिकृतहरु भरत बुढा, विवेक थापा, नरेन्द्रप्रसाद पोखरेल, विनोद खनाल, प्रकाश न्यौपाने, दिपक बराल, दिपेन्द्र पौडेल, चेतबहादुर सेजुवाल, विजयप्रसाद घिमिरे, भूपाल खड्का, विमल पौडेल, मनोज साह, कृष्ण गौतम, रेशमबहादुर बुढा, मानबहादुर वली, मनोज रिमाल र दिपक चन्द, टेकबहादुर मोनी, विवेकराज पौडेल, निसु झा, नरेन्द्रराज जोशी, टेकबहादुर कार्की, सौरभ बस्याल, गोरखबहादुर धामी, मदनराज जैशी, रिता वाग्ले, भरतबहादुर शाही, उषा अधिकारी, झविन्द्र बेल्बासे, सुमन बानियाँ, विकास खड्का, जीवन आचार्य, प्रकाशकुमार मण्डल, ढाकाराम लामिछाने, बालकृष्ण आचार्य, प्रकाश गौतम र कुमार तामाङ लगायत छन् ।
त्रिवि अध्यागमनमा १२१ शाखा अधिकृतको दरबन्दी छ। त्यहाँ ४४ नयाँ अफिसर खटाइएको छ भने ६ उपसचिव तहका कर्मचारी कार्यरत छन् । भर्खरै लोकसेवा उत्र्तिण गरेका परीक्षणकालमै रहेका कर्मचारीलाई शुरुमै ‘करोड क्लव’मा पठाइएको बिषयलाई प्रशासनका जानकारहरुले फेरि भिजिट भिसा धन्दा मच्याउने खेलोको रुपमा टिप्पणी गरेको छ । नयाँ नियुक्ति भएकाकर्मचारीलाई शुरूमै मालदार अड्डामा खटाएपछि तलबले जिन्दगीमा कहिल्यै बाँच्न सक्दैनन् ।ती झन भ्रष्ट पथमा लाग्ने चिन्ता पोख्छन् यस अघि त्रिवि अध्यागमनमा बसिरहेका कर्मचारी ।
एकतिर छाप लगाउनुपर्ने हुन्छ,अर्कोतिर छाप लगाइदिन्छन्,तीनलाई सिकाउनै तीन महिनालाग्छ । सिकारु कर्मचारीलाई लगेर अध्यागमनमा हुलेपछि अन्तराष्ट्रिय रुपमा कस्तो छाप रसन्देश जाला ? यस अघि रवि लामिछाने गृहमन्त्री हुँदा उसैगरी फ्रेस अधिकृतलाई टिआइएमा खटाइएको थियो । व्याट ३६ का फ्रेस अफिसर नरवीर खड्का,कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमालर सुजन फागोहरु नै हुन भिजिट भिसा प्रकरणमा मुछिएर पछि अदालतबाट सफाइ पाएका ।
कार्यविधि अनुसार कम्तिमा पाँच बर्ष अधिकृत भएर काम गरेका अनुभवी कर्मचारीलाई खटाउनुपर्ने ठाउँ हो यो तर ३८ औं व्याटका ४४ अधिकृतहरुलाई सिधै अध्यागमनमा पोस्टिङ गरिनु भनेको भिजिट भिसाको धन्दा फेरि चलाउन खोजिएको रुपमा गृह र अध्यागमन प्रशासन चलाइसकेका जानकारहरु बताउँछन् ।
मुलुकमा सबै व्यवसाय चौपट्ट भए पनि मान्छे बेच्ने खेतीफस्टाइरहेको छ,त्यही खेती गर्ने उदेश्यले फ्रेस अफिसरलाई अध्यागनमा पठाइएको हुनुपर्दछ,गृहका एक पूर्व सचिवले गरेको टिप्पणी हो यो ।
उपसचिव बढूवाको मुखमा भएका अधिकृतहरुलाई त्यहाँ खटाउने हो भने बढुवामा असर होला भनेर डराएर पनि बदमासी गर्दैन् तर तीनदिन तालिम लिएकै भरमा अध्यागनमा फ्रेस अफिसरहरुलाई खटाइँदा त्रिवि अध्यागमनको सेवा झनै खस्कने र अनियमितता अझैं चुलिने ती प्रशासकको टिप्पणी गर्दछन् ।