निजामती विद्येयक उपर ४३ संशोधन प्रस्ताव दर्ता

संघीय निजामती सेवा विद्येयकमा ४३ वटा संशोधन प्रस्ताव परेको राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले जनाएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेसँगै संशोधनको समय खुला भएको थियो ।

बिज्ञापन

७२ घण्टा भित्र संशोधन प्रस्ताव हाल्न पाइने समयसीमाभित्र १६ जना सांसदहरुले ४३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभाबाट १५ असारमा पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गर्ने गरेका थिए।

बिज्ञापन

निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफलपछि विधेयकमा संशोधनका लागि ७२ घण्टाको म्याद दिइएको छ । सो अवधिभित्र सभाका सदस्यले विधेयकमा संशोधनको आवश्यकताबमोजिम प्रस्ताव दर्ता गराउने समय २ साउन साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।

सो समयभित्र सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बिसी सहित एमालेका ५ सांसदका अलवा अन्य दलका गरी १६ ओटा सांसदहरुले गरी ४३ संशोधन प्रस्ताव परेको हो ।

बिज्ञापन

अब राष्ट्रिय सभाका सांसदहरुले राखेका संशोधन प्रस्तावलाई सचिवालयले कम्पाइल गरेर उपल्लो सदनका अध्यक्ष नारायणप्रसाद दाहालले स्वीकृत गर्नेछन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष