सिडिओ र एसपीको कार्यसम्पादन चित्त बुझेन जनप्रतिनिधिलाई

माइती जिल्ला मकवानपुरको कमाण्ड सम्हाल्न पुगेकी सहसचिव स्किम श्रेष्ठ फेरि विवादमा परेकी छिन् । श्रेष्ठ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट सरुवा भएर माईती जिल्लाको कमाण्ड गर्ने अवसर पाएकी थिइन । २०८१ फागुन ९ गतेको गृहमन्त्री स्तरीय निर्णय बाट उनले मकवानपुरको सिडिओ हुने मौका पाएकी थिईन। स्किमका अलवा त्यहाँको एसपी विश्वराज खड्काको कार्यशैलीलाई लिएर हेटौंडाका जनप्रतिनिधिहरू नै आन्दोलनमा उत्रिएका हुन्। प्रशासन र प्रहरीको निष्क्रियताविरुद्ध जनप्रतिनिधिहरू आन्दोलनमा उत्रन बाध्य भएको जनाएका छन् ।

बिज्ञापन

गत असार ४ गते वडा कार्यालयमै जनप्रतिनिधिमाथि हमला भएको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको समूहले जग्गा संरक्षण गर्न खोजेको भन्दै न्यौपानेमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणबाट वडा अध्यक्षको टाउकोमा चोट लागेको थियो ।

बिज्ञापन

यसरी जनप्रतिनिधिमाथि भएको आक्रमणका घटनामा संलग्न दोषीहरूलाई एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै हेटौँडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरू प्रजिअ श्रेष्ठ र एसपी खड्काबिरुद्द आन्दोलनमा उत्रिएका हुन् । करिब एक महिना अघि वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि कालो मोसो दल्ने घटना भएको थियो । घटनामा संलग्न केही व्यक्तिहरू पहिचान भइसके पनि मुख्य आरोपित पक्राउ नगरेको भन्दै जनप्रतिनिधिहरू आक्रोशित बनेका हुन् ।

बिज्ञापन

वडा अध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयको प्रांगणमा टेबुल राखेर सेवा दिने निर्णय गरेका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।

यस अघि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएर विवादमा तानिएकी थिइन । जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ लेखेर पत्रकारहरुलाई समेत फोटो खिच्नमा बन्देज लगाएपछि उनी विवादमा परेकी थिइन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष