३२ लाख घुस काण्डमा मुछिएका भूमि सुधार मन्त्री बलराम अधिकारीले आफ्नो एक बर्षे उपलव्धी सुनाउने भएका छन् । आफ्नो बर्ष दिनको उपलव्धी सुनाउन अहिले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
बिज्ञापन
आर्थिक वर्ष २०८१–८२ मा मन्त्रालयबाट भएका कार्यसम्पादनको विषयमा जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन ।
बिज्ञापन
पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको हो । अधिकारीले जेब्राको झोलामा पैसा बुझेको एउटा अडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।
यता मन्त्री अधिकारीले नै भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा प्रमुख मालपोत अधिकृत बनाएर पठाएका कुमार आचार्य घुससहित पक्राउ परे, मंगलबार । उनलाई २४ लाख ५० हजार रुपैयाँ घुसहित अख्तियारले पक्राउ गरेको थियो । तर मन्त्री र मन्त्रालयमा बुझाउनुपर्दछ भन्दै पैसा उठाउने सुव्वालाई भने अख्तियारजस्ता कुनै निकायले छुन नसकेको मालपोतकै कर्मचारीहरुले गुनासो गरेका छन् । कुनै समय कुमार आचार्यका दाहिने हात रहेका डम्बरको कार्यालय प्रमुखसँग सम्बन्ध अलि चिस्सिएको थियो ।
बिज्ञापन
उसो त आचार्य यस अघि रुपन्देहीको मालपोत कार्यालयमा प्रमुख हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको करिब ६ विघा जग्गा व्यक्तिको नाममा दर्ता गराइदिएका बिषयमा कर्मचारी प्रेसमा समाचार नै प्रकाशन भएको थियो । अख्तियार लाग्नु पर्ने हाकिमलाई सोही समयमा जग्गा दलालहरुको सेटिङमा भक्तपुर पुर्याइएको हो भनिन्छ । मन्त्री अधिकारीकै जोडबलमा उनलाई भक्तपुर लगिएको थियो । विगतमा ललितपुर मालपोतमा हुँदा यस्तै बदमासीमा मुछिएका सुव्वालाई समेत विचौलियाहरुकै योजना अनुसार भक्तपुर मालपोतमा पुर्याइएको थियो । तिनै सुव्वाको अचाक्लीले सीमा नाघेका कार्यालयकै कर्मचारीहरुको गुनासो छ । पटक पटक सरुवा भएर समेत सरुवा उल्टाउँदै सोही कार्यालयमा राज जमाउन सफल उनी चर्चित विचौलिया प्रमोद खड्काका दाहिने हात हुन ।
यस्ता जब्बर सुव्वा हुन डम्बर कार्की । उनको कर्मचारी संकेत नम्बर २२४९६२ हो । उनी मालपोत कार्यालय लतिपुरबाट उनी भक्तपुर मालपोत कार्यालयमा पुगेका छन् । ललितपुर मालपोतमा हुँदा अधिकृत कृष्ण सापकोटा र डम्बर मिलेर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण र अनेकन फण्डा मच्चाएपछि उनीमाथि अनुसन्धान चलिरहेको छ । तीन महिनासम्म कार्यालयमा हाजिर नभएका उनी सिधै ललितपुरबाट भक्तपुर मालपोतमा पुगेर फेरि उस्तै धन्दा जारी राखेका छन् । केही सरकारी जग्गा समेत व्यक्तिको नाममा गराउने काममा उनकै अग्रसरता रहेको सो कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरु बताउँछन् । एउटा कार्यालयमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर अनुसन्धान चलिरहेको व्यक्तिलाई अर्को मालपोत कार्यालयमै लगेर मुद्धा शाखा र महत्वपूर्ण फाँटको जिम्मेवारी दिनुको पछाडि विचौलियाको मुख्य भूमिका रहेको चर्चा गरिदैंछ मन्त्रालयतिर ।
उनका अत्याचारले सीमा नाघेको उनी विरुद्ध धेरै गुनासोहरु आएको भन्दै गत असार ५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा जिल्ला समन्वय समिति रामेछापमा गरेको थियो तर सामान्य प्रशासन,भूमि मन्त्रालयदेखि विभागसम्म मिलाएर १५ दिनमै उनको सरुवा उल्टिएको छ । कार्कीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत सरुवा गराइएको छ । उनीमाथि भक्तपुरको मुद्धा फाँटमा बसेर हरेक सेवाग्राहीसँगलाई अनावश्यक दुख दिने गरेको आरोप लाग्ने गरेको छ ।
गत बर्ष एउटा डम्बरु नामक कर्मचारी चर्चामा थिए,रंगिला कर्ममा कारण । अहिले यस्तै अर्काे डमरुको चर्चा छ,मालपोतदेखि भूमि मन्त्रालयसम्म । अघिल्लो पटक मालपोतका कर्मचारी सरुवामा समेत उनै हावी भएको मन्त्रालयदेखि विभागका कर्मचारीहरुले विर्सिएका छैनन् ।उनै सुव्वाको गत असार पहिलो साता सरुवा भएकोमा १५ दिनमै सरुवा उल्टाएर भूमि सुधार मन्त्रालयमै फिर्ता गराउन सफल भएका हुन ।आर्थिक बर्षको अन्त्यमा एउटा सुव्वा तहका कर्मचारीलाई किन स्थानीय तहमा खटाइन्छ ? अनि १५ दिन नभई किन र के कारण सरुवा उल्टिन्छ ? कर्मचारी प्रेसले मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखा हेर्ने भीमकान्त पौडेलसँग जिज्ञासा राख्दा आफूलाई व्यक्ति र माथिल्लो तहबाटै दबाबमा परेर डम्बर कार्कीको सरुवा बदर गरेको प्रतिक्रिया दिएका छन् ।पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भइरहेको सरुवा चलखेलको यो त एउटा सानो उदाहरण हो,हरेक जसो सरुवा विवादित हुँदै आएका छन्,सो मन्त्रालयमा ।