क्याविनेटका २९ निर्णय : नियुक्ति, सरुवा,बढुवादेखि ओएण्ड एम स्वीकृतिसम्म

मन्त्रिपरिषद् बैठकका विभिन्न २९ वटा निर्णयहरु सार्वजनिक भएको छ । गत असार २३ गतेका १६ र ३० गतेका १३ निर्णय सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले आज सार्वजनिक गरेका हुन ।
जस अनुसार केही मन्त्रीहरुको भ्रमण स्वीकृति, नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न स्वीकृति,नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा,नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने,राष्ट्रिय कोदो दिवस मनाउने,क्यासिनो र राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत गर्ने,नेपाल लेखापरीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायव महालेखापरीक्षक नारायण एमसी लाई बढुवा गर्ने लगायतका निर्णयहरु रहेका छन् ।

बिज्ञापन

यस्तै,नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई निलम्बन गरी प्राधिकरणको अध्यक्ष भई कामकाज गर्नेगरी सहसचिव सेवन्तक पोखरेललाई तोक्ने,राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा। खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गर्ने लगायतका निर्णयहरु क्याविनेटले गरेको छ ।

बिज्ञापन

 

असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
२०८२ असार ३० गतेदेखि साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

बिज्ञापन

 

नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा २०८२ साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने।

नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने।

विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने।

प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने।

आर्थिक वर्ष २०८१-८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल ३५ कायम गर्ने।
नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने।

रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने।

२०८२ साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्वे टु स्ट्रेन्थेन कर्पोरेशन कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

शेयरिङ द रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका वडा नं. ६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडिबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका वडा नं. ४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने।

२०८२ साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रेजिनल वर्कसप अ नुक्लियर रेस्पोन्स क्यापाबिलिटी डेभलपमेण्ट फर बोर्डस एण्ड पोर्ट्स कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने।

नेपाल र जापान सरकारविच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने।

जल तथा उर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।

क्यासिनो नियमावली, २०८२ स्वीकृत गर्ने।

राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत गर्ने।

नेपाल लेखापरीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायव महालेखापरीक्षक नारायण एमसी लाई बढुवा गर्ने।

यस्तै असार ३० गते बसेको मन्त्रिपरिषद्‌ बैठकले निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गरेको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२/३/२९ देखि चार महिनाका लागि थप गर्ने निर्णय पनि गरेको छ।

असार ३० गतेका निर्णयहरू
२०८२ साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेण्ड युएन फुड सिस्टम समिट स्टक टेक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवन प्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको छानविन समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्नेगरी अर्थ मन्त्रालयका सहसचिव श्री सेवन्तक पोखरेललाई तोक्ने।

निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

२०८२ साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने फस्र्ट ग्लोवल एसएमई मिनिस्ट्रिय मिटिङमा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा. कपिल मान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गर्ने।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२-३-२९ देखि चार महिनाका लागि थप गर्ने।

नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने। १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने।

ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी–झ्यालबास–डण्डा–चौराहा–पनौती–बसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको ३.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं. १ लौकहीबाट परिवर्तन गरी वडा नं. ३ बद्रीपुल कायम गर्ने।

कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट परिवर्तन गरी वडा नं. ४ गहलाम कायम गर्ने।

२०८२ साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना हुने २०२५ वर्ल्ड आर्टिफिसियल इन्टेलीजेन्स कन्फ्रेन्समा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने।

२०८२ साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ग्लोबल हेल्थ फोरम २०२५ सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमालेनिकट कर्मचारी संगठनका नेता प्रसाईं घुस प्रकरणमा दोषी ठहर

स्थानीय सेवा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसहमतले पारित

त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी, सहसचिवद्धय पछि ४५ अधिकृत हेरफेर गरिँदै

संघीय निजामती विधेयकमा २ साउनसम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने

भोलि साउने संक्रान्ति,कर्णाली प्रदेशमा सार्वजनिक बिदा

एमालेका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

क्याविनेटका २९ निर्णय : नियुक्ति, सरुवा,बढुवादेखि ओएण्ड एम स्वीकृतिसम्म

मन्त्रीहरूको कुर्सी हल्लाउने बिचौलियाका ‘वीरगाथा’

बिशेष