प्रतिनिधिसभाबाट पारित निजामती विधेयकमा भएको भनिएको त्रुटी र छेडखानीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिले धमाधम बयान लिइरहेको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट जेठ २ मा पारित भई १ असारमा प्रतिनिधि सभामा पेस भएर १५ असारमा पारित भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को प्रतिवेदनमा कुलिङ पिरियडलाई निस्क्रिय पार्ने गरी उपदफा थपिएको बिषयमा छानबिन गर्न विशेष छानबिन समिति बनाइएको थियो ।
बिज्ञापन
यस विशेष समिति गठन गर्दा जीवन परियारलाई संयोजक बनाइएको थियो । प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समितिमा पाँच दलबाट सांसद परियारसहित सुशीला थिङ, नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती,माधव सापकोटा, गणेश पराजुली र रोशन कार्कीलाई सदस्य रहेका थिए । गत २३ असारमा कुलिङ पिरियड छलछाम गर्ने गठन गरिएको सात सदस्यीय विशेष समितिका संयोजक भनिएकोमा साता दिनपछि सभापति भनिने भएको छ । सो सँगै समितिले कार्यविधि पारित गरेर कार्यसूची बनाएको छ । समितिलाई चार वटा कार्यादेश दिइएको छ । जसमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सभामा पेस भएको प्रतिवेदनमा मूल विधेयकको दफा ८२ मा उपदफा ४ थपिएको, उपदफा ५ मा रहेको व्यवस्थाले गर्दा कानुनी तादात्म्य नदेखिएको हुँदा के कति कारणले यस्तो हुन गएको हो सो सम्बन्धमा छानबिन गर्ने ।
बिज्ञापन
समितिबाट तयार भएको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा कसैको संलग्नता देखिएमा के कस्तो संलग्नता रहेको छ सो को यकिन गरी त्यस्तो पदाधिकारी वा व्यक्तिलाई प्रचलित कानुन बमोजिम कुनै कारबाही गर्नु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा सुझाव पेस गर्ने छ ।
२१ दिनको समय पाएको सो समितिले आइतबारमात्रै आफ्नो छानबिन प्रक्रिया सुरु गरेको हो । संघीय संसद सचिवालयका सचिव सुरजकुमार दुरासँग बयान लिएर अनुसन्धानलाई औपचारिक रुपमा अघि बढाएको समितिले जनाएको छ । सचिव दुराले समिति समक्ष इन्कारी बयान दिएका छन् ।
यस्तै समितिले यो प्रकरणमा जोडिएका केही अधिकृत,उपसचिवहरुसँग समेत सोधपुछ गरेको जनाएको छ । मंगलबार सहसचिव मीरा आचार्यसँग समितिले सोधपुछ गरेको थियो । बुधबार उल्लेखित कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीका बिषयमा संसदीय समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ प्रक्रिया चलिरहेको समितिका सदस्यहरुले जनाएका छन् ।