जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

पछिल्लो समय शासक देखि प्रशासकहरुसम्म नियम कानुनमा कम र विचौलियाका भर पर्दैछन् । यी र यस्तै विचौलियाका पछि लाग्दा एक मन्त्रीले कुर्सी छाड्नु परेको छ ।
गत बर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्ति भएका थिए,राजुकमार गुप्ता । उसो त केपी शर्मा ओलीले आफ्नो क्याविनेटमा एउटै जिल्ला पर्साबाट तीन तीन जना मन्त्री बनाएका थिए । राजकुमार गुप्ता,अजय चौरासिया र प्रदीप यादव । जसमध्ये कानुनमन्त्री अजय चौरासिया र खानेपानी मन्त्री प्रदीप पनि विवादरहित छैनन् ।
७८ लाखको घुस डिल प्रकरणमा परेर मन्त्री नियुक्त भएको ठ्याक्कै बर्ष दिन पछि उनी मन्त्री पदबाट बाहिरिनु परेको छ । मन्त्री नियुक्ति भए देखि नै राजकुमार गुप्ता विवादै विवादमा तानिए ।
उनका स्वकीय सचिवका रुपमा गत स्थानीय तह निर्वाचनमा पराजित शिव पटेललाई ल्याएर सचिवालयमा राखेका थिए । पटेलले पालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवामा सातदेखि दश लाख डिल गरेको संवादै बाहिरिएको थियो । तर गुप्ताले ती कर्मचारीलाई आफ्नो सचिवालयबाट हटाएनन् । उल्टै प्रविधि दुरुपयोग भएको भन्दै फेस सेभिङ गरे ।
कर्मचारी सरुवामा लाखौंका दररेट तोक्ने तिनै कर्मचारीलाई अगाडि राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक सय आठ किलोको माला पहिर्याइएको खबर कर्मचारी प्रेसले सार्वजनिक गरेको थियो । यसरी नियमसंगत हुनुपर्ने कर्मचारी सरुवामा समेत लाखका दरले रेट तोकेर सरुवा हुँदै आएको थियो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ।
उनको समयमा सबैभन्दा धेरै पेलानमा थिए,माओवादी,काँग्रेस वा अन्य दलका मेयर,अध्यक्ष रहेका स्थानीय तह । त्यहाँ प्रमुख प्रशासकीय झिक्ने,टिक्नै नदिने गरेर एमाले इत्तरका नेतृत्व रहेको स्थानीय तहलाई असफल पार्ने प्रयासमा थिए गुप्ता ।

बिज्ञापन

उनै गुप्ता एक जग्गा दलालको पछि लाग्दा आफ्नो कुर्सी गुमाउनु परेको छ । अर्थात एउटा उचाईबाट भुँइमा झर्न पुगेका छन् । एक जना उपसचिवको सरुवा मन्त्रीलाई आधा करोड घुसको डिल गरेका छन्,विचौलियाले । मालपोतको प्रमुखमा आफू अनुकुलका कर्मचारी लैजान आधा करोड घुसको प्रलोभन मन्त्रीलाई देखाउने विचौलिया हुन – सुजन लामा । उनी पोखरा,कास्कीतिरकै हुन। तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री हुँदा भूमि मन्त्रालयको काममा जोडिएका उनै लामाले हो कास्कीको मालपोतको प्रमुख परिवर्तन गर्न आधा करोड बोकेर मन्त्रीको पछि–पछि लागिरहेको । लामाले आफू अनुकुलको कर्मचारी लैजानका लागि बहालवाला सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तादेखि पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठसम्म प्रयोग गरेका थिए ।

बिज्ञापन

आफू अनुकुलका कर्मचारी र भूमि आयोग अध्यक्ष ल्याउन मन्त्रीसँग ७८ लाखको डिल हुनुका कारण चाहिँ भाट,राणा,शाहहुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा फैलिएको छ, १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सोही जग्गा हत्याउने योजना अनुरुप विचौलियाले आफ्नो स्वार्थ अनुरुप पूर्व मन्त्री रञ्जिता श्रेष्ठलाई प्रयोग गरिरहेका थिए,उनी भूमि मन्त्री हुँदै रञ्जिता मन्त्रीबाट हटेपछि बलराम अधिकारी मन्त्रीको रुपमा कार्यरत छन् । सोही जग्गामा आँखा गाढेको यो समूहले रञ्जिता,बलराम र गुप्तामार्फत यो प्रयास गरेका थिए ।

तर ती दलालका योजना अनुसार न त भूमि आयोगका अध्यक्ष नियुक्त हुन सक्यो न त कास्की मालपोतको प्रमुख नै परिवर्तन । घुस डिल भएको ६ महिना पछि गत असार १० मा अख्तियारमा उजुरी परेपछि सोही अडियोका कारण पार्टीभित्र र बाहिरबाटै चर्काे विरोध भए पछि मन्त्री गुप्ता पद छाड्न बाध्य भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

सेवन्तकले लिए शपथ

राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

बिशेष