मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

बिज्ञापन

एक उपसचिवको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा विचौलियासँग ७८ लाख डिल गरेको अडियो सार्वजनिक भए पछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको बताएका छन् ।

उनले भनेका छन्,विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई हिजो २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । घुस काण्डको समाचार बाहिरिएपछि हिजो बिहान बालुवाटारमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशन पछि आज उनले मन्त्री पदबाट राजीनामा दिएका हुन ।

 

गुप्तालाई ३१ असार ०८१ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्ति गरिएको थियो । नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित गुप्ता सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका उनी ०४२ देखि अखिलबाट राजनीति सुरू गरेर ०५१ मा युवा संघ, ०६६ मा पर्सा क्षेत्र नं ३ को अध्यक्ष बने । लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्य निर्वाचित भएका थिए । मन्त्री भएको बर्ष दिन पछि उनले पदबाट राजीनामा दिएका हुन ।

गुप्ताको कार्यकाल यस्तै विवादै विवादमा बित्यो । यस अघि नै उनका स्वकीय शिव पटेलले एक उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा नियुक्त गर्दा सात देखि दश लाख डिल गरेको च्याट सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

बिशेष