उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

भ्रष्टाचारको धनले सधैं भरी पोल्छ । लुकाइराख्न सकिदैन एक दिन पोल खुल्छ भनेझैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धामा श्रीमान बितेपछि तिनका श्रीमती र सन्तानलाई समेत प्रतिवादी बनाएर मुद्धा चलाउने क्रमले निरन्तरा पाइरहेको छ । केही अघिमात्र दिवगंत पूर्व मुख्य सचिव माधव घिमिरे पत्नीलाई समेत अख्तियारले पतञ्जली जग्गा प्रकरणमा प्रतिवादी बनाएर मुद्धा चलाएको धेरै भएको छैन । उही शैलीमा फेरि अर्काे कर्मचारीको पत्नी र छोरालाई प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा लगेको छ ।

बिज्ञापन

भ्रष्टाचारमा संलग्न देखिएका धनुषाको सबैला नगरपालिकाका पूर्वप्रशासकीय अधिकृत बालवीर ठाकुर बितेपछि श्रीमती र छोराविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुसहित सात जनाउपर आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

मुद्दा चलाइएकामा स्व।ठाकुरकी पत्नी पलवी र छोरा रौनित, नगरपालिकाका तत्कालिन इन्जिनियर रंजितकुमार यादव, लेखापाल शिवकुमार झा, पशु सेवा शाखा प्रमुख राजकिशोर सल्हैता, वडा नम्बर ८, का वडाध्यक्ष दुर्गाप्रसाद राय र अर्चना कृषि सहकारीकी अध्यक्ष संजुकुमारी यादव छन् ।

आर्थिक वर्ष २०७७–०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

बिज्ञापन

उनीहरुले मिलेमतोमा कोरोना महामारीलाई कारण देखाउँदै पत्रपत्रिकामा सूचना ननिकाली अर्चना सहकारीलाई कार्यक्रम सञ्चालन गर्न दिइएको र कार्यक्रमअन्तर्गत बोका, पाठी, च्यापकहर, डाले घाँस केही पनि खरिद नगरी झुट्टा बिल बनाएर रकम हिनामिना गरिएको अख्तियारको ठहर छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष