२३ गतेका संयोजक,२९ गते पछि सभापति

अन्तत संसद सचिवालयले आफ्नो गल्ती सच्याउन वाध्य भएको छ ।गत २३ असारमा कुलिङ पिरियड छलछाम गर्ने गठन गरिएको सात सदस्यीय विशेष समितिका संयोजक भनिएकोमा साता दिनपछि अब सभापति भनिने भएको हो । यस अघि कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छलछाम छानबिन गर्नका लागि गठन भएको समिति माथि नै छलछाम भएको भन्दै समितिका सदस्यहरुले विरोध गरेसँगै सभामुख देवराज घिमिरेले उक्त त्रुटीलाई सच्याउन बाध्य भएका हुन ।

बिज्ञापन

यस अघि सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाबाट पास गर्दा भएको जालझेल छानबिन गर्ने ‘विशेष समिति गठन गर्दा जीवन परियारलाई संयोजक बनाइएको थियो । प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समितिमा पाँच दलका ७ सदस्य छन् । कांग्रेसका सहमहामन्त्रीसमेत जीवन परियारलाई संयोजक, सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती,माधव सापकोटा, गणेश पराजुली र रोशन कार्कीलाई सदस्य रहेका थिए ।

बिज्ञापन

संसद्को नियमावली, २०७५ को नियम १८ बमोजिम गठन गरिएको उक्त समितिको संयोजक पदलाई प्रतिनिधि सभा नियमावली ०७९ ले नचिन्ने समिति गठन गरिएपछि समितिका सदस्यहरुले प्रश्न उठाउँदै आएका थिए । समितिका सदस्यहरुले संयोजक पद उपसमितिका लागि मात्र दिइने तर्क राखे । यस अघि राज्यव्यवस्था तथा सुशासन समितिले उपसमिति बनाएको थियो । निजामती विधेयकमाथि छलफल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । बडूलाई संयोजक तोकिएको थियो । कुनै पनि संसदीय छानबिन समितिमा सभापतिको व्यवस्था गरेको छ, नियमावलीले । केही अगाडि सूर्य थापा सभापति रहेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको थियो । नियमवली अनुसार यसरी गठन हुने अधिकांश समिति तथा विशेष समितिमा सभापति भनिनुपर्ने अडान राख्दै आएका थिए सो समितिका सदस्यहरुले । सो समितिका संयोजक बनाइएका जीवन परियारलाई सभापति नभनिए काम नगर्ने,कार्यविधि समेत पारित गर्ने सदस्यहरुको अडान पछि सभामुख घिमिरे गलेका हुन । सोही माग अनुसार अब समितिमा जीवन परियार संयोजक अरु सदस्यहरु रहने भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

२३ गतेका संयोजक,२९ गते पछि सभापति

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

बिशेष