सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

कर्मचारी परिचालनमा गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडी निरिहजस्तै बन्दै गएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयले कर्मचारीहरुलाई अतिरिक्तमा नराख्न पटक पटक पत्राचार गरे पनि गृह मन्त्रालयमा फेरि दुई दर्जन बढी हाकिमको भीड लागेको छ । तिनलाई कतै खटाउन सकेको छैन मन्त्रालयले ।

बिज्ञापन

यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को परिपत्र अनुसार गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन गरिँदा अझैं केही सहसचिव र उपसचिवहरु बरण्डामै रहन पुगेका हुन । गृहले सहसचिवको दरबन्दीमा रहेका केही उपसचिवहरुलाई गृहमा फिर्ता गरे पनि उनीहरुलाई महिनौंसम्म कतै जिम्मेवारी दिन सकेको छैन । यसरी पछिल्लो समय गृह मन्त्रालयमा जिम्मेवारी नपाउने प्रशासकहरुको संख्या दुई दर्जन बढी पुगेको छ । जसमध्ये ७ सहसचिव र १८ उपसचिव जगेडामा छन् ।

बिज्ञापन

यसरी बरण्डामा पुगेकामध्ये केही कारवाहीमा परेर गृहमा तानिएका हुन । कार्यसम्पादनमा खोट देखिएपछि गृहको बरण्डामा तानिएका तीर्थराज भट्टराई सहित लालबाबु कवारी, वेद प्रसाद खरेलका अलवा कल्पना श्रेष्ठ, नर बहादुर थापा, बुद्ध बहादुर गुरुङ, लिला शर्माहरु अहिले बरण्डामा थन्काइएका छन ।

यस्का अलवा उपसचिवहरू खेमराज ओझा, दिनेश प्रसाद थानी, फणीन्द्र दाहाल, जितेन्द्र कुमार यादव, माधवप्रसाद ढुंगाना, सिता परियार, विजया कुमारी प्रसाई, सूर्यप्रसाद उपाध्याय र तारानाथ पनेरु,नवराज जैसी, रमा आचार्य सुवेदी, सत्यराज जोशी, नरेश कुमार यादव, पर्शुराम पोखरेल, शेखर पौडेल, अच्युत श्रेष्ठ, दीर्घराज उपाध्याय र मोहनराज जोशी पनि जगेडामा रहेको शाखाको रेकर्डमा उल्लेख छ ।

बिज्ञापन

बरण्डामा आइपुगेकामध्ये जैसी आफ्नै गृहजिल्ला दैलेखको प्रमुख जिल्ला अधिकारी थिए भने उपाध्याय र जोशीहरु सहसचिवको दरबन्दीमा उपसचिवले प्रमुख जिल्ला अधिकारी भएर काम गरिरहेका थिए । यस्तै सीता परियार,तारानाथ पनेरु लगायतका केही उपसचिवहरु त्रिवि अध्यागमनबाट फिर्ता भएर अहिले मन्त्रालयको बरण्डामा आइपुगेका हुन ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष