आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मा थुनामुक्त भएका छन्।
बिज्ञापन
सर्वोच्च अदालतले विशेष अदालतबाट यसअघि भएको फैसला त्रुटिपूर्ण ठहर गरी पुनः हेर्न भनेपछि उनीसहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्मा कारागारबाट छुटेका हुन्। यस अघि मंगलबार मात्र सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालको फैसला त्रुटिपूर्ण ठहर गरी पुनः विशेष अदालतमै पठाउने निर्णय गरेसँगै उनीहरु थुनामुक्त भएका हुन ।
बिज्ञापन
अब उनीहरू विशेष अदालतले पुनः फैसला नगरेसम्म थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन्। गत वर्ष जेठ ३२ गते विशेष अदालतको आदेशका कारण जेल पुगेका तीन जना प्रतिवादी सर्वोच्चको आदेशबाट एक सय २७ दिनमा हिजो छुटेका छन् । अब तीनै जनालाई साउन १२ गते उपस्थित हुने गरी विशेष अदालतले तारेख दिएको छ।
विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको थियो। संयोगवश पौडेलले सर्वोच्च अदालतको नियुक्ति पाएर मंगलबार नै शपथ लिएका छन्। कर फर्स्योट प्रकरणमा महतलाई ९ वर्ष १ महिना कैद तोकिएको थियो। ढकाल र शर्मालाई त्योभन्दा एक महिना कम ९ वर्ष कैद सजाय सुनाएको थियो। प्रत्येकले बिगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने फैसला विशेषले गरेको थियो। सर्वोच्चमा पुनरावेदन गर्नुअघि कैद र जरिवानावापतको रकम जम्मा नगरेका कारण उनीहरू थुनामा गएका हुन्। उनीहरू २०८१ जेठ ३२ गते थुनामा बसेर सर्वोच्चमा पुनरावेदन गर्न पुगेका थिए।
बिज्ञापन
सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले गरेको फैसला उल्टाइदिएको हो । यता आफूले एक वर्षअघि गरेको फैसला उल्टिएको भोलिपल्ट पौडेलले सर्वोच्च अदालतमै नियुक्ति पाउनुभएको छ । सर्वोच्चले पौडेलसहित विशेष अदालतको इजलासले गत वर्ष गरेको फैसला त्रुटिपूर्ण ठहर गरी पुनः विशेष अदालतमै पठाउने निर्णय गरेको छ ।
सर्वोच्चको इजलासले विशेषले यसअघि गरेको फैसला त्रुटिपूर्ण ठहर गर्दै पुनः हेर्न आदेश दिएको छ । महत, ढकाल र शर्मा तीनैजना यसअघि बुझाइएको धरौटी रकमकै आधारमा थुनामुक्त भएका हुन् । अब उनीहरूले विशेष अदालतले पुनः फैसला नगरेसम्म कारागार बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् ।
तत्कालीन अर्थमन्त्री रामशरण महतको पहलमा सरकारले महत, ढकाल र शर्माको नेतृत्वमा गठन गरेको कर फस्र्यौट आयोगले एक हजार ६९ करदाताले सरकारलाई बुझाउनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाखमध्ये २१ अर्ब रुपैयाँ छुट दिएको थियो । महालेखपरीक्षको कार्यालयको प्रतिवेदनमा उक्त छुटबारे कैफियत लेखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए । अख्तियारले ७४ सालमै यो मुद्धा अगाडि बढाएको थियो । यो प्रकरणमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद गर्नुका साथै बिगो र जरिवाना तोकेको थियो। अदालतले शर्मालाई ९ वर्ष कैद सजाय र ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेषको फैसला थियो । कैद र जरिवानावापतको रकम जम्मा नगरेका शर्मा डिल्लीबजार कारागारमा छन् ।
पूर्व सहसचिव,जस्ले लेखेका पुस्तक पढेर वा घोकेरै धेरैले निजामती सेवामा नाम समेत निकालेका छन्,उनै लोकसेवाको गुरु चुडामणि शर्मा अहिले सावा र व्याज नै फिर्ता गर्नुपर्ने स्थितीमा पुगेका उनी अदालतले तोकेको बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि थुनामा पुगेका थिए तर सर्वाेच्च अदालतको आदेश पछि १२७ दिन डिल्लीबजार कारागार बसाइ पछि उनी छुटेका छन् ।
निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धीमाझ पुस्तक लेखकका रुपमा परिचित शर्माको विगत पनि राम्रो रहेन । सुनसरीको प्रजिअ हुँदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशिल कालोबजारी मुद्दामा मिलेमतोमा मुछिए । ललितपुरको सिडिओ हुँदा गैरकानूनी रुपमा ढुंगाखानी सञ्चालनको अनुमती दिने निर्णयका कारण विवादमा तानिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीदेखि सम्पत्ति शुद्धीकरणको हाकिम भएर जहाँ जहाँ बसे,त्यही विवादमा फसे । सम्पत्ति शुद्धीकरणमा रहँदा अधिकृत शम्भु चालिसे १० लाख रुपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडियो ।
आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेपछि शर्मा ३३ अर्ब रुपैयाँ पुजीगत लाभकर छली गरेको दुरसंचार कम्पनी एनसेललाई उन्मुक्ति दिन पनि मुख्य भुमिका निर्वाह गरेका आरोप लाग्दै आएको थियो ।
स्याङ्जामा जन्मेका शर्माको काठमाडौंको बूढानिलकण्ठमा अलिसान बंगला ठडाएका छन् । उनको निवाससम्म पुग्न ५–६ वटा गेट पार गर्नुपर्छ । शर्माको घर करीव २५ रोपनी जग्गामा फैलिएको छ । सो घरमा शर्माले पत्नीलाई तरकारी किन्न जानका लागि ५० लाखको गाडी किनिदिएका चर्चा एक समय व्यापक थियो ।